मानसिंह सुनार सोमबार, बैशाख १०, २०८१

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुन मगर ‘सिजल’ ले जनता समाजवादीले लुम्बिनी प्रदेश सरकारबाट राजनीनामा दिने विषय हतारो भएको बताएका छन् ।

उनले यस्तो विषयमा सत्ता साझेदार दलहरु सबै गम्भिर हुनु पर्ने बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुनम गरले सरकार भनेको सबै सत्ता साझेदारहरु दलको समान दायित्व भएकाले गर्दा सबै जिम्मेवार बन्नु पर्ने बताए । उनले त्यहीँ मन्त्रालय र सरकारको दीगोपनाका लागि काठमण्डौँ मुख्यमन्त्री गएको बेला नै यस्तो निर्णय गर्ने विषय भनेको दुखद भएको बताउँदै मुख्यमन्त्री काठमाडौंबाट आएपछि छलफलबाट अगाडि जान सकिने बताए । उनले भने “यो सरकार सबैको हो, यसलाई सफल बनाउने जिम्मेवारी हामी सबैको हो, यसमा कसैले दिने र लिने भन्ने प्रश्न नै आउँदै त्यसले यसलाई छलफलबाट हल गर्न सकिन्छ यसबाट भागेर हुँदैन । ”उनले आपसी सहमति,समझदारीबाट टुङगो लगाउने र हालको निणर्यमाथी जसपाले पुन विचार गर्नेमा सरकारले विश्वास समेत गरेको मन्त्री पुनले भने ।

यस विषयमा जसपाका नेता अशोक यादवले आफूहरुलाई सरकारमा सम्मान जनक सहभागीता नभएको र सहमति अनुसार २ वटा मन्त्री नदिएको भन्दै यस्तो निणर्य गरेको बताए ।

विषयमा मुख्यमन्त्री जोखबहादुर महरा शिर्षस्थ नेताहरुसँगको भेटगाटपछि काठमाडौंबाट ११ गते फर्केपछि सबै विषयमा टुङ्गो लगाउन सकिने गरी तयारी भएको समेत प्रवक्ता पुन मगरले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]