मेगमन बुढा सोमबार, मंसिर २९, २०७७

दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमवार दाङ सहित देशभर सरकार विरुद्धमा विरोध सभा कार्यक्रम गरेको छ । देशव्यापी कार्यक्रम अन्तरगत नेपाली कांग्रेस दाङले घोराहीमा विरोध सभा कार्यक्रम गरेको हो । पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले विभिन्न नारा जुलुस लगाउदै घोराही बजार परिक्रममा गरी कोण सभामा परिणत भएको थियो ।

बर्तमान सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गएको मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारी लगाएतको विरुद्धमा देशव्यापी रुपमा कांग्रेसले विरोध प्रदर्शन कार्यक्रम गरेको हो ।

घोराहीमा भएको कोण सभालाई सम्वोधन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बहुमतको कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ । गरिव तथा विपन्न र सर्वहारा बर्गको कम्युनिष्ट पाटी भनेपनि अहिले भ्रष्टाचार प्रति लिप्त भएको उहाँको भनाई रहेको थियो ।

पुर्व मन्त्री समेत रहनु भएका गिरीले आफुहरु रानाकाल देखी नै लोकतन्त्रको पक्षमा लामो संर्घष गदै आएको पाटी भएपनि नेपाली जनताले कम्युनिष्टलाई भोट दिएर जिताएको बताउदै उहाँले अहिलेको सरकारले देश र जनताको लागी केहि गर्न नसकेको आरोप लगाउनु भएको छ । साथै उहाँले यो देशको लोकतन्त्र रक्षा गर्ने पाटी नेपाली कांग्रेस भएको र आफुहरु सधै प्रतिगामीको विरुद्धमा उभिने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेसलाई नजिस्काउन चेतावनी दिनु भएको छ । त्यसैगरी उहाँले भन्नू भयो जुनबेला तत्कालीन राजाले गिरिजाबाबुलाई तर्साउन खोजे गिरिजाबाबुलाई खोतले त्यसपछि कांग्रेसले दुई सय चालिस वर्षको राजतन्त्र फ्याँकी दिएको इतिहास छ, चौधरीले भन्नु भयो । त्यसैले केपी ओली तपाईं धेरै जुर्मराउन जरुरी छैन। कांग्रेसले चाह्यो भने तिम्रो पतनको दिन जुनसुकै बेला पनि गरिदिन सक्छ चौधरीले भन्नू भयो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रधानमन्त्री असक्षम भइसकेको हुँदा कुर्सीमा बसिरहने नैतिकता गुमाइसकेको जिकिर गर्नु भएको छ । उहाँहरूले देशमा भ्रष्टाचार व्याप्त बनेको,कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार निरिह सावित भएको जस्ता आरोप लगाउनु भएको थियो । हजारौं नेता कार्यकर्ता र आम जनसमुदायको उपस्थितिमा विरोध प्रदर्शन सभा सम्पन्न भएको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]