
Gsbus
dsbus
Jsbus
bpmhl
Bksbus5
Ksbus
Pbu
Ksbus
Rsbus
Nssbus7
Ksbus
Ssbus
Lsbus
Csbus
Bsbus
gms
Gsl
Ssbus
Ssbus

Rgs
Wsp
Ksm
Ssm
Vor
nsb
Rgu
Sbs
Asm
Rsb
Rgu
Sls
Tsm
Ggd
Pvg
Bbu
Bbbpu
Hal
Gst

Syp
Ptm
Pls
Mks
Abd
Rpp
bbt
Bml
sab
Gsb
Jmb
Rmb
Jmb
दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमवार दाङ सहित देशभर सरकार विरुद्धमा विरोध सभा कार्यक्रम गरेको छ । देशव्यापी कार्यक्रम अन्तरगत नेपाली कांग्रेस दाङले घोराहीमा विरोध सभा कार्यक्रम गरेको हो । पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले विभिन्न नारा जुलुस लगाउदै घोराही बजार परिक्रममा गरी कोण सभामा परिणत भएको थियो ।
बर्तमान सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गएको मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारी लगाएतको विरुद्धमा देशव्यापी रुपमा कांग्रेसले विरोध प्रदर्शन कार्यक्रम गरेको हो ।
घोराहीमा भएको कोण सभालाई सम्वोधन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बहुमतको कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ । गरिव तथा विपन्न र सर्वहारा बर्गको कम्युनिष्ट पाटी भनेपनि अहिले भ्रष्टाचार प्रति लिप्त भएको उहाँको भनाई रहेको थियो ।
पुर्व मन्त्री समेत रहनु भएका गिरीले आफुहरु रानाकाल देखी नै लोकतन्त्रको पक्षमा लामो संर्घष गदै आएको पाटी भएपनि नेपाली जनताले कम्युनिष्टलाई भोट दिएर जिताएको बताउदै उहाँले अहिलेको सरकारले देश र जनताको लागी केहि गर्न नसकेको आरोप लगाउनु भएको छ । साथै उहाँले यो देशको लोकतन्त्र रक्षा गर्ने पाटी नेपाली कांग्रेस भएको र आफुहरु सधै प्रतिगामीको विरुद्धमा उभिने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेसलाई नजिस्काउन चेतावनी दिनु भएको छ । त्यसैगरी उहाँले भन्नू भयो जुनबेला तत्कालीन राजाले गिरिजाबाबुलाई तर्साउन खोजे गिरिजाबाबुलाई खोतले त्यसपछि कांग्रेसले दुई सय चालिस वर्षको राजतन्त्र फ्याँकी दिएको इतिहास छ, चौधरीले भन्नु भयो । त्यसैले केपी ओली तपाईं धेरै जुर्मराउन जरुरी छैन। कांग्रेसले चाह्यो भने तिम्रो पतनको दिन जुनसुकै बेला पनि गरिदिन सक्छ चौधरीले भन्नू भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले प्रधानमन्त्री असक्षम भइसकेको हुँदा कुर्सीमा बसिरहने नैतिकता गुमाइसकेको जिकिर गर्नु भएको छ । उहाँहरूले देशमा भ्रष्टाचार व्याप्त बनेको,कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार निरिह सावित भएको जस्ता आरोप लगाउनु भएको थियो । हजारौं नेता कार्यकर्ता र आम जनसमुदायको उपस्थितिमा विरोध प्रदर्शन सभा सम्पन्न भएको थियोे ।
