
Pbu
Ksbus
Gsl
Csbus
Ksbus
Jsbus
bpmhl
Ssbus
Nssbus7
Ssbus
gms
Ksbus
Ssbus
Bsbus
Gsbus
Lsbus
Rsbus
Bksbus5
dsbus

Asm
Ssm
Bbu
Ksm
Rsb
Wsp
Rgs
Rgu
Sls
Gst
Bbbpu
nsb
Tsm
Rgu
Sbs
Hal
Ggd
Vor
Pvg

Jmb
Abd
Bml
Pls
sab
Jmb
Rmb
Mks
bbt
Gsb
Rpp
Ptm
Syp
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी रहनु भएको छ । बैठक सुरु हुनुअघि २५ दिन लामो संवादहीनता तोड्दै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच भेटवार्ता भएको थियो ।
यस अघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गर्नु भएको अलग–अलग डकुमेन्टमाथि छलफल गर्ने तयारी छ ।
गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल प्रस्ताव पेश गर्नु भएको थियो । त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गर्नु भएको थियो । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि,कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गर्नु भएको थियो ।
यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ । ओलीले प्रचण्डसँग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत प्रचण्ड र ओलीसँग अलग–अलग छलफल गरेर सहमतिको प्रयास गर्नु भएको थियो । कतिपयले राष्ट्रपतिको यो सक्रियताको आलोचना गर्ने गरेका छन् ।
