
Ssbus
nsm
Sssbus1
ssbus
Sssbus1
Ssbus
Gsl
Pbu
tssbus
Ssbus

Vor
Ggd
Sls
Rgu
Bbbpu
Wsp
Rgs
Pvg
Ssm
Sbs
Hal
Bbu
Tsm
nsb
Asm
Gst
Rgu
Rsb
Ksm

sab
Pls
Ptm
Gsb
Syp
Bml
Mks
Abd
bbt
Jmb
Rpp
Jmb
Rmb
दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बिहीबारदेखि लमही नगरपालिका वडा नम्बर ४ अर्नावामा रहेको मन्त्र गेष्ट हाउसमा आवासीय सहितको आकस्मिक प्रतिकार्य योजना निर्माण सम्बन्धि ३ दिने गोष्ठी तालिम सुरु भएको छ ।
नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाका सभापति नारायण आचार्यको अध्यक्षता तथा जिल्ला दाङका जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यको प्रमुख आतिथ्यता र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव प्रदीप श्रेष्ठको विशेष अतिथिमा संचालन भएको गोष्ठीमा प्रमुख अतिथि आचार्यले विपद व्यवस्थापन र न्यूनीकरण गर्नको लागि स्थानीय तह संग सहकार्य एवम् समन्वय गरेर अघि बढ्ने बताउनु भएको छ ।
त्यस्तै उहाँले जिल्लाका विकट गा.पा र सिमा नाकाहरुमा हुने आकस्मिक विपदलाई समयमा न्यूनीकरण गर्नको लागि सम्बन्धि सरोकारवाला निकाय पुर्व तयारी अबस्थामा रहनु पर्नेमा जोड दिनु भएको थियो । समाजमा हुने हरेक किसिमका विपदको प्रतिकार्य गर्नको लागि सम्बन्धित निकाय पुर्व अभ्यास सहित तयार रहनको लागि विभिन्न जनचेतनामूलक तालिमको अति आवश्यक रहेको बताउनु भएको थियो ।
नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाका उपसभापति मदन गौतमको स्वागत मन्तव्यबाट संचालन भएको गोष्ठी तालिमको प्रशिक्षकमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहाल, दब्लू.एच.ओ नेपालका सूचना अधिकृत भावना गुरुङ,नेपाल रेड्क्रस सोसाइटी लुम्बिनी प्रदेशका सूचना अधिकृत खिलनाथ दाहाल, नेपाल रेड्क्रस सोसाइटी हुब कार्यालय नेपालगन्जका कार्यक्रम अधिकृत विनोद लामिछाने,कार्यक्रमका संयोजक बिनिता ढुंगेल लगायतको टिम रहेको छ ।
डेनिस रेड्क्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय र दाङ जिल्ला शाखा अन्तरगत संचालित इनकोर कार्यक्रमको आयोजनामा संचालन रहेकोे उक्त गोष्ठी तालिमको उद्घाटन कार्यक्रमको संचालन इनकोर कार्यक्रम दाङका कार्यक्रम अधिकृत जगत तामाङले गर्नु भएको थियो ।
