टेकबहादुर पुन आइतबार, मंसिर १४, २०७७

दाङ । ब्यक्तिगत लगानीमा बाटो खुलेपछि सल्यानको साबिक रीम गाबिसका आधा दर्जन बढि गाउँका स्थानिय खुसी भएका छन् ।कपुरकोट गाउँपालिका वडा नम्बर ५ सितलपुर हुँदै य्राले, छापटोला,अोखरपाटा, मेलचौर,जामुने लगायतका गाउँलाई ध्यानमा राखी बाटो खुलेको हो । ६ मिटर चौडा सहित २ किलोमिटर बाटो खुलेपछि स्थानिय खुसी भएका हुन् । सनिबार सो क्षत्रका गाउँहरुमा पहिलो चोटि गाडीपनि पुगेको छ ।

ढुवानीका लागि बाटो नहुँदा सो क्षत्रका स्थानियले सास्ती खेप्दै आईरहेका थिए । अब बाटो खुलेपछि निर्माण सामाग्री तथा खाद्यान्न ढुवानीमा सहज हुने य्राले गाउँ निवासी नुमा गिरीले बताईन । बाटो नभएर ढुवानीमा निकै सास्ती थियो,गाडी नै चल्ने बाटो निर्माण हुँदा खुसि लागेको छ नुमाले भनिन्-अब त धेरै राम्रो हुनेभयो । सधैभरी गोरेटो बाटोमै हिँडेर आवात जावत गर्नुपर्ने बाध्यता अब भने हटेको छ ।

सामान काँधमा बोकेर गोरेटो बाटो हुँदै अोकाली अोराली हिड्नुपर्ने त्यस क्षत्रका स्थानियले गाउँमा गाडी आउला भन्ने त सोचेकै थिएनन् । हाम्रो पालामा गाडी आउला भन्ने त आशा पनि थिएन,त्यो पनि सम्भव भयो जामुने निवासी सम्झना बुढाथोकिले भनिन् । आफ्नै पालामा गाउँमा गाडी आउला भन्ने सम्म नसोचेका त्यस क्षत्रका स्थानियको अहिले बाटोले मुहार फेरिदिएको छ । स्थानियको मुहार फेर्नमा कटिबद्द रहनु भएका एकराज वलीले ब्यक्तिगत लगानीमा बाटो निर्माण गर्नु भएको हो ।

>>सरकारले नगरेको काम एक्लै गर्ने वली को हुन?

एकराज वली,तरुणदल सल्यान क्षत्र नम्बर २ का सभापती हुनुहुन्छ । पारिवारिक अबस्था हेर्दा उहाँ कुनै धनाढ्य पनि हुनुहुन्न । तर,उहाँमा एक दृढ क्षमता र फराकिलो मन भने छ । आफुले कमाएको पैशाको केही अंश छुट्याएर एक्लै बाटो निर्माण गर्नु भएको हो । सबैले बिकाश निर्माणमा सक्दो सहयोग गर्नुपर्ने उहाँको बुझाई छ । पटक पटक स्थानिय सरकारलाई बाटोको लागि पहल गर्दापनि सुनुवाई नहुँदा ब्यक्तिगत लगानीमा बाटो निर्माण गर्नुपरेको वलीले जानकारी दिनु भयो । स्थानियको सक्रियतामा आफुले लगानी गरेको उहाँको भनाई छ ।

सनिबार आयोजित बाटो उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काँग्रेसका निबर्तमान केन्द्रीय सदस्य डिल्लिराज रेग्मीले स्थानिय सरकारले गर्न नसकेको काम एक युवाले गरेको प्रति खुसी ब्यक्त गर्नु भयो । युवाको यो उदाहरणिय कार्य सरकारका लागी गतिलो झापड भएको उहाँको ठहर छ । बारम्बार स्थानिय सरकार सँग बाटोको लागि भनसुन गर्दापनि पुर्बाग्रहका कारण बाटो निर्माणमा ध्यान नदिएको रेग्मीको आरोप छ । सबै गाउँ तथा टोलमा समान रुपले बिकाश निर्माणमा ध्यान दिन रेग्मीले स्थानिय सरकारलाई आग्रह गर्नु भएको छ । साथै उहाँले निर्माण गरिएको बाटोलाई अब स्थानियले सँरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।

क्षत्रिय प्रतिनिधि खड्क केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्ने अधिकाँस बक्ताले बिकाश प्रेमी युवा नेता एकराज वली सँग सबैले सिक्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मानबहादुर डाँगी,नेपाली काँग्रेस सल्यानका सचिब प्रकाश भण्डारी,सहसचिब सन्तोष सेन वली,सदस्यहरु कमान सिँह डाँगी,लोकराज आचार्य,कमल घर्ती,नेबि सँघ जिल्ला उपाध्यक्ष प्रेम नारायण बिक,तरुणदल क्षत्र नम्बर २ का सभापती एकराज वली,तरुणदलका कपुरकोट गाउँपालिका सभापती कुबेर खत्री,तरुणदल क्षत्र नम्बर २ का उप सभापती सन्तोष बुढाथोकी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

नेपाली काँग्रेस कपुरकोट गाउँपालिका-५ का सभापती टिकाराम केसीको सभाध्यक्ष तथा काँग्रेसका निबर्तमान केन्द्रीय सदस्य डिल्लिराज रेग्मीको प्रमुख आतिथ्यमा बाटोको उद्घाटन गरिएको हो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कपुरकोट गाउँपालिकाका प्रबक्ता यज्ञ बोहोराले गर्नु भएको थियो । कार्यक्रममा पहिलो पटक गाउँमा गाडी चलाएर लाने ३ जना गाडी चालक हरुलाई फुल माला र अबिर लगाएर सम्मान गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]