
tssbus
Gsl
ssbus
nsm
Sssbus1
Sssbus1
Ssbus
Ssbus
Ssbus
Pbu

Rgu
Hal
Sbs
Ksm
Pvg
Bbu
Rgs
Gst
Ggd
Rsb
nsb
Bbbpu
Rgu
Wsp
Sls
Vor
Tsm
Asm
Ssm

Rpp
Mks
Pls
bbt
Ptm
Jmb
Rmb
Gsb
Jmb
Syp
Abd
sab
Bml
दाङ । शैक्षिकसत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेकाे गुरूकुल एकेडेमिले बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेकाे छ ।
विद्यालयले तुलसीपुरमा आज (शुक्रबार) पत्रकार सम्मेलनकाे आयाेजना गरेर विशेष छात्रवृत्ति याेजनाका बारेमा जनाकारी गराएकाे हाे । पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाईमा क्षमतावान भएर पनि विभिन्न समस्याले साेचेकाे विद्यालयमा भर्ना हुन नसकेका विद्यार्थीलाई लक्षीत गरेर नि:शुल्क पढाउन विशेष याेजना ल्याईएकाे बताउनुभयाे ।
विद्यालयले सार्वजनिक गरेकाे छात्रवृत्ति याेजना अनुसार गुरूकुल एकेडेमि तुलसीपुरकाे फेशवुक पेजमा साे कार्यक्रममा सहभागिताका लागि आवेदन फाराम राखीएकाे छ । साेही फाराम भरेर कक्षा ६ देखि ९ सम्म निशुल्क अध्ययन गर्न चाहाने विद्यार्थीले आवेदन दिन सकिने प्रधानध्यापक गिरीले जानकारी दिनुभयाे । उहाँका अनुसार प्राप्त आवेदनमध्यबाट ४ जिपिए ल्याउने नेपाल सरकारले ताेकेकाे मापदण्ड अनुसार १० प्रतिशत बिद्यार्थीलाई यातायात र खाना खाना बाहेक अध्ययन गर्न अन्य कुनैपनि शुल्क लाग्ने छैन ।
त्यस्तै विद्यालयले किताबि ज्ञानले मात्र विद्यार्थीले पूर्णता नपाउने भन्दै व्यवहारीक ज्ञानमा जाेड दिदै आएकाे छ ।माटाे सुहाउदाे ज्ञान प्रदान गर्ने उदेश्यले तुलसीपुर-६ गाेलाैराबाट पनि शैक्षिकसत्र २०८१ बाट अध्यापन सुरू हुन लागेकाे बिद्यालय पुर्ण प्रबिधिमैत्री कक्षा निर्माण,स्विमिङ पुल,फुटसल लगाएतकाे सुबिधा सहित तीन विगाह क्षेत्रफलमा फैलिएकाे छ।हरेक कक्षामा २५ जना मात्र विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेकाेमा विहिवार र शुक्रवार अतिरिक्त कृयाकलापमा ईच्छा अनुसार विभिन्न कल्वमा सहभािगता जनाउन सकिने विद्यालयले जनाएकाे छ।
