
nsm
Gsl
tssbus
Ssbus
Ssbus
ssbus
Sssbus1
Pbu
Ssbus
Sssbus1

Ggd
Sbs
Gst
Sls
Bbu
Hal
Rgu
Rgu
Bbbpu
Tsm
Pvg
Vor
Ksm
Wsp
nsb
Rgs
Asm
Rsb
Ssm

Jmb
Gsb
Ptm
Bml
Pls
Rpp
sab
bbt
Syp
Rmb
Jmb
Mks
Abd
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा रहेकोे राप्ती ग्यालेक्सी पब्लिक माध्यमिक विद्यालयको १५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमम प्रमुख अतिथि चौधरीले विद्यालय शिक्षाको भण्डार भएको बताउनु भएको छ । शिक्षा विना कोहि पूर्ण नहुने भन्दै शिक्षानै जीवनमा अमुल्य वस्तु भएको उहाँको भनाई छ ।
अध्याँरोबाट उज्यालो तर्फ लैजाने मुख्य मार्गनै विद्यालय भएको भन्दै देश विकासका लागि गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको नगर प्रमुख चौधरीको भनाई छ । ग्रामीण क्षेत्रमा भएर पनि विद्यालयले अत्यन्तै जेहेन्दार विद्यार्थी उत्पादन गरेको भन्दै विद्यालयले आगामी दिनमा व्यवहारिक शिक्षामा ध्यान दिन विद्यालयलाई निर्देशन दिनु भएको छ ।
दिनानुदिन शैक्षिक संस्थाहरु स्थापित हुने लहर चलेको प्रसङ्ग जोड्दै नगर प्रमुख चौधरीले संख्यात्मक भन्दा पनि गुनात्मक कुरामा जोड दिन विद्यालय,अभिभावक र विद्यार्थीलाई निर्देशन दिनु भयो ।
त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले विद्यालयले प्राविधिक जस्ता विषयमा पनि सोच्नु पर्ने बताउनु भयो । नयाँ नयाँ प्रविधि भित्री रहेको बेला सबै विद्यालयले प्राविधिक ज्ञानलाई प्राथमिकता राखेर पठनपाठनलाई अगाडी बढाउनु पर्ने अध्यक्ष खड्काले बताउनु भयो ।
उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत छात्र आयुष विकको स्वागत मन्तव्य र शिक्षिका पवित्रा घिमिरे र छात्रा सन्ध्या सुनारले स्वागत गीत राख्नु भएको थियो भने कार्यक्रममा विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत विद्यालयका प्रिन्सिपल गणेश कोइरालाले गर्नु भएको थियो ।
कार्यक्रममा लमही-८ का निवर्तमान वडा अध्यक्ष मेघनारायण चौधरी,प्याब्सन लमही नगरका अध्यक्ष तथा ज्योतिष्मतिस विद्यापिठका प्रिन्सिपल नारायण भुसाल,राष्ट्रिय भूमी आयोग दाङका विज्ञ लक्ष्मी चौधरी,समाजसेवी डिल्ली बहादुर खड्का,
विद्यालयका शिक्षिका पवित्रा घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा प्याब्सन लमही नगरका सचिव तथा गोरखा मोडेल सेकेन्डरी स्कुलका प्रिन्सिपल लोकमान रिजाल,रोजी बड्स बालबाटिका बोर्डिङ स्कुलका प्रिन्सिपल बसन्त न्यौपाने,सनलाईट मोडर्न सेकेन्डरी इङलिस स्कुल लमहीका भ्वाइस प्रिन्सिपल खिम पुन लगायतको उपस्थिति रहेकोे थियो ।
उक्त वार्षिकोत्सब कार्यक्रमका अवसरमा विभिन्न नृत्य प्रस्तुत तथा कक्षामा पहिलो,दोस्रो हुने र विभिन्न खेलकुद प्रतियोगितामा बिजेता तथा उपबिजेता विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।कार्यक्रमको संचालन शिक्षक मान बहादुर केसीले गर्नु भएको थियो ।
