
Rks
Usb
Ssb
Ksb
Bsn
Ppu
Gsb
Csb
Nsb
Ssb
Tgp
Ksb
Rsb
Ksb

Gsb
Ssb
Hl1
Tsb
Usb

ptl
Nps
Rgu
दाङ । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीमा पूर्ण प्राथमिक शिक्षा तथा पूर्व प्राथमिक शिक्षा CPS & CPRS दिनको रुपमा मन्टेश्वरी कार्यक्रम अन्तरगत अभिभावकसंगको एक दिने अभिमूखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
गोरखा स्कुल व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता एवं पूर्ण प्राथमिक शिक्षा तथा पूर्व प्राथमिक शिक्षा CPS & CPRS कार्यक्रमका तालिम निर्देशक पुजा शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस्तै उक्त कार्यक्रममा गोरखा ग्रुपका सीईओ नवल जिएमले विद्युतीय प्रविधिहरुको प्रयोग,सदुपयोग र विद्युतीय प्रविधि प्रयोगलाई शिक्षासंग जोड्ने सम्बन्धमा अभिभावकहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
यस्तै कार्यक्रममा लावने इन्टरनेशनलका तालिम कर्ता संगिता महर्जनले अभिभावकहरुलाई विभिन्न रोचक खेलहरु खेलाउदै बालबालिकालाई खेलकुदबाट कसरी सिकाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।
विद्यालयका प्राचार्य लोकमान रिजालले अभिभावकहरुलाई स्वागत गर्दै कक्षा नर्सरीदेखि कक्षा ५ सम्म लागु भएका पठनपाठनको बारेमा जानकारी गराउनु भएको थियो । अहिले गोरखा स्कुल लमहीद्वारा पूर्ण ल्याब सिस्टममा पठनपाठन गराउदै आएको र हरेक विषयको ल्याब कक्षा भएको,ल्याब कक्षामा पढ्नलाई विद्यार्थीले कोठा परिवर्तन गर्दै जान्छन् भने,हरेक कोठाहरुमा अडियो,भिजुओल सुविधा सम्पन्न भएको समेत उहाँले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
त्यस्तै प्राचार्य रिजालले विद्यालयद्वारा दिइएको शिक्षा तथा सुविधा बारेमा जानकारी गराउदै अबको शिक्षाले बालबालिकाहरुलाई किताब मात्र पढाउनु भन्दा व्यवहारीक ज्ञान दिने कुरामा जोड दिनु पर्ने आवश्यकता रहेको औल्याउँनु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आफुले कक्षा कोठामा गर्ने क्रियाकलापलाई स्टेजमा अभिभावकको माझमा प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले ट्राफिक सिग्नल सम्बन्धि सचेतना,अमेजिङ्ग फ्याक,कम्युनिटी हेल्पर,पलान्ट जर्मिनेसन,नाप तोवलसंव सम्बन्धि प्रस्तुतिहरु रहेको थियो भने कार्यक्रमको संचालन सो विद्यालयका प्रि-प्राइमेरी कोर्डिनेटर शिला रिजाल र प्राइमेरी कोर्डिनेटर दिप्ती शर्माले गर्नु भएको थियो ।




