
Gsl
Ssbus
Sssbus1
Pbu
Ssbus
Ssbus
ssbus
Sssbus1
nsm
tssbus

Pvg
Ggd
Rgu
Sbs
Rsb
Tsm
Wsp
Sls
Ksm
nsb
Vor
Bbbpu
Asm
Bbu
Rgs
Ssm
Hal
Rgu
Gst

Abd
sab
Bml
Pls
Jmb
Rpp
Gsb
Mks
Syp
Rmb
Ptm
Jmb
bbt
दाङ । गुरुकुरुल एकेडेमी तुलसिपुरले त्रिशिद्धेस्वरी मन्दिर परीसर सरसफाई गरेको छ । गुरुकुरु एकेडेमी समुदायमा भन्ने मुल मन्त्रलाई लिएर समाजमा रहेको धार्मिक स्थल सरसफाई गरीएको हो ।
समुदायसंग सम्बन्धितका काम अन्तर्गत गुरुकुल एकेडेमीका नेतृत्वमा आज एक कार्यक्रमको आयोजना गरी सरसफाई गरीएको हो । धार्मिक स्थल जहाँ बृद्धदेखि बालबालिकासम्म जाने ठाउँलाई सदैब सफा हुनुपर्छ भन्ने योजनाका साथ समाजमा जनचेतना फैलाउने उद्धेश्यले मन्दिर परीसर सरसफाई गरीएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।
त्यस्तै सरसफाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुलसि बाल अस्पतालका बाल रोग बिशेषज्ञ डा. किशोर खत्रीले सरसफाइका कारण मानिसको स्वास्थ्य स्वस्थ हुने भएका कारण हरेक क्षेत्र सफा राख्नुपर्ने हुन्छ, त्यसैले यो महान कार्य गुरुकुल एकेडेमीले गरेकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । साथै उहाँपनि सरसफाई कार्यमा सहभागि हुनुभएको थियो । समाज सेवा सहित चिकित्सक पेशामा आवद्ध खत्रीले स्वास्थ्य ,शिक्षा लगायतका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आउनुभएको छ ।
गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीको अगुवाईमा भएको कार्यक्रमा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धिताल , डां किशोर खत्रि सहितका ब्यक्तिहरुको सहभागिता रहेको थियो । गुरुकुल एकेडेमीको महान कार्यमा जोडिने सम्पूर्ण ब्यक्तिहरुलाई विद्यालयले धन्यबाद समेत प्रदान गरेको छ । गुरुकुल एकेडेमीको मुल मन्त्रलाई आत्मसाथ गर्दै समाजका हरेक क्षेत्रमा जोडिदै आएको छ ।
