
Sssbus1
Gsl
ssbus
Ssbus
Ssbus
nsm
Pbu
Ssbus
tssbus
Sssbus1

Rsb
Gst
Asm
Vor
Sbs
Ggd
Ssm
Hal
Wsp
Bbu
nsb
Rgs
Rgu
Ksm
Bbbpu
Rgu
Tsm
Sls
Pvg

sab
Rmb
Abd
Syp
Jmb
Gsb
Mks
bbt
Jmb
Rpp
Bml
Pls
Ptm
दाङ । देउखुरी पब्लिक सेकेण्डरी अँग्रेजी बोर्डिङ स्कुल लमही-६ देउपुरले आफ्ना २ सय ६० जना बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
बिद्यालयले शुक्रबार पुरस्कार बितरण कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
बिद्यालयले माघ २२ देखि २६ गतेसम्म बृहत् खेलकुद सप्ताहको आयोजना गरेको थियो । खेलकुदमा उत्कृष्ट स्थान हाँसिल गर्ने बिद्यार्थीहरुलाई मेडल प्रमाणपत्रले सम्मान गरिएको थियो । खेलमा मर्यादित तथा अनुशासित भएर खेल प्रदर्शन गरेको भन्दै ४ जना सम्मानित भएका छन । सरना भुषाल, आदित्य खनाल, श्रृजना केसी र यमुना बिसी सम्मानित भएका हुन । हरेक क्षेत्रमा अब्बल मल्याङ्कन गरि विद्यार्थी एन्जल बस्नेतलाई सम्मान गरिएको छ ।
त्यस्तै वर्षभरी बेष्ट ग्रिन हाउस हुनेमा बिद्यालयका शिक्षिका सिमा भुसाललाई मायाको चिनो प्रदान गरिएको छ । यस्तै शिक्षिकाहरु पुष्पा शर्माले,मिना चौधरी,प्रभा आचार्यलाई पनि बिद्यालयले सम्मान गरेको छ ।
परीक्षा कोर्डिनेटर रामअवतार चौधरीको अध्यक्षता तथा प्रिन्सिपल भुमाण्डप केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले आज हार्नु भनेको भोलि जित्नु हो भन्दै बिद्यार्थीलाई हौसला बाँड्नु भयो । ठूलो मन बनाउँदै हरेक क्षेत्रमा निरन्तर प्रयास गरेपछि अबस्य जितिन्छ, हार्दाहार्दै जित्नु भनेको ठूलो कुरा हो उहाँले भन्नु भयो ।
शिक्षक हेमन्त भुषालको स्वागत मन्तब्यबाट शुरु भएको कमर्यक्रममा पत्रकारहरु टेकबहादुर पुन, मेगमन बुढा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सँचालन शिक्षक सन्दिप खनालले गर्नु भएको थियो ।
