
Sssbus1
ssbus
Sssbus1
nsm
Ssbus
Ssbus
Gsl
tssbus
Pbu
Ssbus

Bbu
Ggd
Sls
Bbbpu
Gst
Tsm
Rgu
Rgs
Rgu
nsb
Hal
Rsb
Ksm
Pvg
Vor
Wsp
Ssm
Asm
Sbs

sab
Pls
Mks
Ptm
Jmb
Rpp
Bml
Syp
Abd
Rmb
bbt
Jmb
Gsb
दाङ । खस्किदो शैकिक स्तरलाई उकास्न लुम्बिनी प्रदेशमा चैतन्य पाठशालाले आगामी शैकिक सत्रदेखि पठनपाठन सुरु गर्ने भएको छ ।
लुम्बिनी प्रदेश देउखुरी उपत्यकाको मौरीघाटबाट चैतन्य पाठशालाले शिक्षाको ज्योती बाल्न थालेको हो । बिद्यालयले बुधवार मौरीघाटमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै बिद्यालयका म्यानेजिङ डाईरेक्टर डा.जिवराज आचार्यले शिक्षाको गुणस्तर बढाउन चैतन्य पाठशालाले शैक्षिक क्रान्तीको थालनी गरेको बताए ।
धेरै बर्षदेखी निजि स्कुलहरुको पठनपाठन एकै प्रकृतीको रहेको र सिक्नु भन्दा परिक्षामा पास हुनका लागी मात्रै पढाइ भईरहेकोले त्यसलाई चिर्न चैतन्य पाठशालाले भुमिका खेल्ने बताए ।
‘परिक्षामा बिद्यार्थीले कति जिपिए ल्यायो भन्दापनि कति सिक्यो! भन्नेले अर्थ राख्छ आचार्यले भने-पास मात्र होईन, बिद्यार्थीले केही सिकुन जसले गर्दा दैनिक जिवनयापनमा सहजता ल्यावस ।’ बिद्यालयले ब्यबहारिक ज्ञानलाई बढि प्राथमिकतामा राखी शिक्षालाई जोड दिने बिश्वास गरिएको छ ।
बिद्यालयका भिजन र सेवा सुबिधाहरु आश्चर्य नै छन । बिद्यालयका प्रत्यक कोठा वातावरण अनुकुर रहने गरि तयारी अन्तिम चरणमा छ । प्रिप्राईमरीमा २० जना, प्राईमरीमा २५ जना, ६-१० कक्षामा ३० जना र ११/१२ कक्षामा ४० जना मात्र विद्यार्थी समाबेस गरिने बिज्ञप्तीमा भनिएको छ । बिद्यार्थीहरु दिनैभर बिद्यालयको सिकाईमै रहने गरि चैतन्यले अन्य बिद्यालयको सेडुल भन्दा फरक सेडुल सार्बजनिक गरेको छ । यस बिद्यालयमा कक्षा ५ सम्मका विद्यार्थी ९ देखी ४ बजेसम्म, ६-१२ सम्मका बिद्यार्थीको हकमा बिहान ७ देखि साँझ ५ बजेसम्म पढाइ हुनेछ । साथै बिद्यालयमा गर्दै सिक्दैको अबधारणा सँगै बास्केटबल, भलिबल, ब्याडमिन्टन खेल, स्विमिङ्ग पुल, फुटसल, स्टेशनरी, बिहान नास्ता र खाना, बिद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी खाना टेस्टिङ लगायतका सुबिधा रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
बिद्यालय अभिभाबकसँग महत्वका साथ सहकार्य गरि पुर्णरुपमा प्रयोगशाला विधि, प्रगतिशिल र अनुसन्धानात्मक शिक्षण प्रणाली अनुसार पढाइ हुने बिज्ञप्तीमा भनिएको छ ।
मौरीघाट स्थित सिद्धार्थ सेकेण्डेरी बोर्डिङ्ग स्कुललाई चैतन्य पाठशालामा परिमार्जन गरिएको हो । सिर्फ परिक्षामा पास हुनका निम्ति मात्रै पढाइ हुने र जसले गर्दा ब्यबहारिक सिकाईमा विद्यार्थी कमजोर हुने भएकाले फरकढँगले शिक्षामा गुणस्तर बढाउन चैतन्य जन्मिएको बिद्यालयकी प्रिन्सीपल शुस्मा रेग्मी आचार्यले बताईन । ‘बिद्यार्थीले पाना नपरोस, कन्टेन परोस ! परीक्षा दिन नपरोस, सिकाई गरेर भबिष्यमा गरिखाने होस भन्ने हाम्रो मान्यता हो प्रिन्सिपल शुस्माले भनिन-शैक्षिक प्रमाणपत्र थन्काएर बिदेश जान नपरोस ।’
जागिर खान शैकिक प्रमाणपत्र आबस्यक ठानिन्छ तर जागिरमा जाँदा सीप खोज्छ, तसर्थ घोकन्ते भन्दापनि हामी सिपसँगै ब्यहारिक ज्ञान दिन चाहन्छौ उनले भनिन् । देउखुरीका ४ पालिका लाई टार्गेट गरी प्रदेश राजधानीमा सञ्चालनमा आउन थालेको चैतन्य पाठशालाको उद्येश्य बिद्यार्थीहरुमा हरेक किसिमका चेतना भर्नु हो ।
