
nsm
Ssbus
Pbu
Sssbus1
Ssbus
Ssbus
Gsl
tssbus
Sssbus1
ssbus

Bbu
Pvg
Hal
Wsp
Vor
Rgs
Sbs
nsb
Gst
Asm
Ksm
Ssm
Sls
Rgu
Tsm
Rgu
Rsb
Ggd
Bbbpu

Rpp
Jmb
Jmb
Abd
Mks
Syp
bbt
Gsb
Bml
Pls
Ptm
sab
Rmb
दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले सम्पूर्ण कानुनी प्रकृया पूरा गरेको छ । साविक भ्यालि स्टार इङ्लिस बोर्डिङ स्कुललाई मर्ज गरेर गुरुकुल एकेडेमी तुलसीपुर बनाएपछिको सम्पूर्ण दर्ता प्रकृया पूरा भएको हो ।
त्यस्तै गुरुकुल एकेडेमी तुलसीपुर प्रा.ली कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं.५२४४६÷ ०६४÷ ०६५ मा दर्ता भएको छ भने आन्तरिक राजश्व विभागमा पनि विधिवत रुपमा दर्ता भई स्थाई लेखा नं.(३०३३८३४३१) समेत प्राप्त भएको छ । यता तुलसीपुर उपमहानगरपालीकाको शिक्षा विकास महाशाखा तथा उपमहानगरपालिकामा पनि गुरुकुल एकेडेमी तुलसीपुर प्रा.लीको अभिलेख राखि सो को पत्र समेत प्राप्त गरेको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।
तुलसीपुरमा विद्यालय सञ्चालनको निर्णयसँगै भौतिक संरचना निर्माणको काम र कानुनी प्रकृयाको थालनि सँगसँगै भएको थियो । गुरुकुल एकेडेमी तुलसीपुरले तुलसीपुर क्षेत्रमा शैक्षिक हव बनाउने र पूर्ण मानव बनाउने उद्धेश्यले करिव १२ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न विद्यालय सञ्चालनमा ल्याउन लागेको हो । यस क्षेत्रमा विभिन्न ऐतिहासिक योजनाका साथ विद्यालय सञ्चालनमा आउदा यहाँका अभिभावक तथा विद्यार्थीहरुलाई निकै फाइदा पुग्ने स्थानीय बुद्धिजीवि तथा समाजसेवी विष्णु कुमार देवकोटाले बताउनुभयो ।
यस्तै उहाँले जुन शैक्षिक योजनाका साथ विद्यालय सञ्चालनमा आएको छ त्यो उद्धेश्य पूरा गर्नेमा विश्वास समेत गर्नु भयो । विद्यालयले यहीँ फाल्गुन २ गते वसन्तपञ्चमीको अवसर पारेर ब्राह्मण राखि विधिवत रुपमा अक्षरारम्भ समेत गराउँदै छ भने शैक्षिक सत्र २०८१को लागि प्ले ग्रुपदेखि कक्षा ९ सम्म प्रि रजिष्ट्रेशन समेत खुला गरेको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । साथै उहाँले स्टेशनरी बाफतको शुल्क सहित प्रि रजिष्ट्रेशन गरे पछि भर्ना निःशुल्क हुने पनि बताउनुभयो ।
विद्यालयमा सम्पर्कको लागि शनिवार समेत कार्यालय खुला रहने भएको हुँदा सहजै कार्यालयमा सम्पर्क गर्न समेत विद्यालयले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा अनुरोध गरेको छ । विद्यालयले पठनपाठनको लागि आबश्यकता अनुसार तालिम प्राप्त दक्ष तथा अनुभवि जनशक्ति पनि तयार गरीसकेको छ ।
