
nsm
Sssbus1
ssbus
Ssbus
Ssbus
Ssbus
Sssbus1
tssbus
Gsl
Pbu

Rgu
Asm
Sls
Hal
Rgs
Tsm
Bbu
nsb
Vor
Ssm
Ksm
Pvg
Ggd
Rgu
Wsp
Gst
Sbs
Bbbpu
Rsb

Rmb
sab
bbt
Gsb
Mks
Jmb
Pls
Jmb
Syp
Bml
Ptm
Rpp
Abd
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीले गढवा गाउँपालिका वडा नम्बर ६ परिचोकमा रहेको गढवा बहु सांस्कृतिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् ।
गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले पौष २७ गते गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलद्वारा उद्घाटन गरिएको गढवा बहु सांस्कृतिक संग्रहालयको अवलोकन गर्ने विद्यालयहरुको पहिलो रोजाई बनेको छ । गढवा बहु सांस्कृतिक संग्रहालयमा पञ्चेबाजा,नौमती बाजा लगायताका लोपोन्मुख कला संस्कृति झल्किने बाजाहरुको संग्रहालय स्थापना गरिएको छ।
त्यस्तै लोपोन्मुख पञ्चेबाजा,कला संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले गढवा बहु सांस्कृतिक संग्रहालयको स्थापना गरेको गढवा पञ्चे पन्चेबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापाले जानकारी दिनु भयो।
हाम्रो मौलिक कला,संस्कृति,भेषभुसाको संरक्षण र प्रवर्द्धन गर्न नसके आउने पुस्ताले त्यसको बारेमा जानकार नहुने बताउदै मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्ने उद्देश्य सहित गढवा पन्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले लोपोन्मुख बाजाहरुको संग्रहालय स्थापना गरेको अध्यक्ष थापाले बताउनु भयो।
त्यस्तै हाम्रो लोपोन्मुख कला संस्कृतिलाई बचाउनु सबैको दायित्व भएकोले कला,संस्कृति,भेषभुसा हाम्रो ठुलो सम्पत्ति भएकोले संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेको गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रका कोषाध्यक्ष रेशम बहादुर शाहीले जानकारी दिनु भयो ।
गोरखा मोडल सेकेन्डरी स्कुल लमही कक्षा ५ मा अध्ययनरत १ सय २५ जना विद्यार्थीहरुले गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रद्वारा स्थापना भएको गढवा बहु सांस्कृतिक संग्रहालयको अवलोकन गरेका हुन् । कितावमा पञ्चेबाजा, नौमती बाजासंग सम्बन्धीत पाठ अध्ययन गरेर मात्र पुर्ण नहुने भन्दै थप ज्ञानका लागि संग्रहालय अवलोकनको कार्यक्रम तय गरिएको गोरखा मोडल सेकेन्डरी स्कुलकी शिक्षिका दिप्ति शर्माले जानकारी दिनु भयो।
बाद्यबादनका सामाग्रीहरुको बारेम थप जानकारी गराउने उद्देश्यले विद्यार्थीहरुलाई संग्रहालय ल्याइएको शिक्षिका शर्माले बताउनु भयो । कितावबाट मात्र पढाउदा सबै विद्यार्थीहरुलाई सबै बाजाको बारेमा बुझाउन कठिन हुन्छ तर यहाँ लिएर आउदा बच्चाहरुले आफ्नै आँखाले नाम सहित हेर्न पाउदा स्पष्ट हुन्छ हाम्रो उद्देश्यपनि यहीँ हो शिक्षिका शर्माले बताउनु भयो ।
विद्यार्थीहरुले लोपोन्मुख पञ्चेबाजा सहितको अन्य दर्जनौं बाजाहरु हेर्न,छुन र बजाउन पाउदा निकै हर्षित भएका थिए।
