
ssbus
Ssbus
Sssbus1
Pbu
Gsl
tssbus
Sssbus1
Ssbus
Ssbus
nsm

Wsp
Rsb
Tsm
Asm
Hal
Gst
nsb
Rgu
Sls
Bbbpu
Pvg
Ggd
Vor
Sbs
Bbu
Ssm
Rgs
Rgu
Ksm

Mks
Syp
sab
Jmb
bbt
Gsb
Abd
Rmb
Ptm
Jmb
Bml
Pls
Rpp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ४ घुम्नामा रहेको घुम्ना लिटिल स्टार स्कुलको १३ औं वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ ।
समाजसेवी एवं विद्यालयका संस्थापक अध्यक्ष हल्लु प्रसाद चौधरीको अध्यक्षता ताथा शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक र अभिभावक बीचमा समन्वय कारी हुन जरुरी रहने बताउनु भयो ।
त्यस्तै उहाँले विद्यालयले शिक्षा संगै विभिन्न सीप तथा कला,गला र उत्कृष्ट सैद्धान्तिक तथा व्यबहारी ज्ञान प्रदान गरेको देख्दा आफू धेरै खुशी व्यक्त गर्दै विद्यालयको प्रसंसा गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एन प्याब्सन लुम्बिनी प्रदेशका सचिव टोपेन्द्र खनालले आफ्नो नजिकको विद्यालयलाई महत्त्व दिएर बालबच्चालाई अध्यन गराउनु पर्नेमा जोड दिनु भयो । यस्तै उहाँले नजिकको तीर्थ हेला भने झै नजिकमा पढाउन छोडेर टाढा आफ्नो स-साना बालबच्चालाई पठाएर विविध कोणबाट आफू र बच्चालाई बोझ उठाउन दिन नहुने बताउनु भयो ।
विद्यालयका सहायक प्रिन्सिपल सोनि थारुको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रकाश चौधरीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने विद्यालयले विद्यार्थीहरुले वर्षभरि नर्सरीदेखि कक्षा ५ सम्ममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै उक्त कार्यक्रममा लमही जेसिजका अध्यक्ष मुकेश चौधरी,कार्यक्रममा लमही नगरपालिका वडा नम्बर -४ का वडा सदस्य भोजराज चौधरी, अभिभावक तथा सेमरहवाका ककन्दार सत्यनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक रामबहादुर चौधरीले गर्नु भएको थियोे ।



