
ssbus
Ssbus
Sssbus1
Ssbus
Sssbus1
Pbu
tssbus
nsm
Ssbus
Gsl

Sls
nsb
Bbu
Gst
Rgs
Wsp
Asm
Ggd
Ksm
Rgu
Vor
Pvg
Ssm
Rgu
Tsm
Hal
Bbbpu
Rsb
Sbs

Mks
Rmb
Pls
Rpp
Abd
Jmb
sab
Gsb
bbt
Syp
Bml
Ptm
Jmb
दाङ । देउखुरीको गढवा स्थित शुभतारा माध्यमिक बिद्यालयको १४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बिहिवार बिविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बिद्यालयका शेयर सदस्य तथा संस्थापक प्रिन्सीपल भगवानदास यादवको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव समारोहको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक शारदा कुमारी चौधरीले गर्नुभएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष चौधरीले शिक्षक अभिभावक, बिब्यस र बिद्यार्थीहरुको बिच समन्वय सहकार्यमा प्रगाढता भएमात्रै शिक्षाको गुणस्तर बृद्धिहुने बताउनुभयो ।
शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले केहि सरकारी बिद्यालयहरुबाट अभियान थालेको र निजी बिद्यालयहरुमा पनि यो अभियानलाई निकट भबिश्यमा कार्यान्वयनतर्फ लैजान जरुरी देखिएको बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथी गढवा ५ का वडा अध्यक्ष लेखबहादुर थापा,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, ज्ञानज्योतिका प्रिन्सीपल दिपक कुमार यादव, ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख नविन ओली,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष ओभा पाठक,धुरबतारा बोर्डिङका प्रिन्सीपल खिकप्रसाद घिमिरे,नेपाल ईङ्लीस बोर्डिङ स्कूलका प्रिन्सीपल निर्मल रावत, सरस्वती माबि गोबरडिहाका शिक्षक खिमबहादुर थापा,भ्याली पब्लिक बोर्डिङ स्कूलका प्रिन्सीपल रोशन धिताल तथा पचाहिया स्थित बोर्डिङ स्कूलका प्रिन्सीपल भानुप्रसाद यादव लगायतले बार्षिकोत्सव समारोहको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा बार्षिकोत्सवको पूर्व सन्ध्यामा एक हप्ता अघी देखि सञ्चालन भएको शुभताराकप फ्रटवल प्रतियोगिताका बिजेताहरुलाई शिल्ड, कप, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । जसमा आयोजक बिद्यालयका बिद्यार्थीहरु प्रथम भई १० हजार नगद प्राप्त गरेका छन् भने सरस्वती माध्यमिक बिद्यालय उपबिजेता भै ७ हजार नगद पुरस्कार प्राप्त गरेको बिद्यालयले जनाएको छ । यसैगरी बार्षिकोत्सवको पूर्व सन्ध्यामा शिक्षक र अभिभावकहरुबिच भएको ब्याडमिण्टन प्रतियोगितामा पुरस्कृत हुने अभिभावकहरु चन्द्रप्रकाश ओली, सुवास रजौरे र ललित चौधरीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा बिविध भेषभुषा झल्किने साँस्कृतिक झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो भने बिद्यालयको बार्षिक पठन–पाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा बिद्यालयका प्रिन्सीपल बिकास रजौरेले बिद्यालयको संस्थागत प्रतिवेदन तथा बार्षिक कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो ।समारोहमा बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । बिद्यालयका सहायक प्रिन्सीपल मधुवाबु थापाको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको सञ्चालन शिक्षक चेतनाथ पौडेलले गर्नुभएको थियो ।

