
Sssbus1
nsm
ssbus
Ssbus
Ssbus
Pbu
Gsl
Sssbus1
Ssbus
tssbus

Ksm
Gst
Bbbpu
Ggd
Rgs
Hal
Rsb
Rgu
Wsp
Sls
Bbu
Pvg
Sbs
Vor
Rgu
nsb
Ssm
Tsm
Asm

Bml
Abd
sab
Rpp
bbt
Jmb
Syp
Rmb
Ptm
Pls
Jmb
Gsb
Mks
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयमा सोमबार आजदेखि वृहत खेलकुद सप्ताह सुरु भएको छ।
उक्त कार्यक्रमकाे प्रमुख अतिथिको रुपमा लमही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ। विद्यार्थीकाे अन्तरनिहित प्रतिभाको विकासका लागि आयोजित खेलकुद सप्ताहको उद्घाटन गर्दै चौधरीले स्वास्थ्यका लागि खेलकुद अत्यावश्यक भएको र राष्ट्र चिनाउन पनि खेलकुदले महत्वपूर्ण योगदान गर्ने हुँदा खेलकुदको महत्व बढेको बताउनु भयो ।
विद्यालयका प्रिन्सिपल भुमाण्डप केसीले खेलकुदले बिद्यार्थीको शारीरिक,मानसिक रूपले तन्दरुस्त हुनका साथै पढाईमा पनि सहयोग गर्ने हुँदा खेलकुदलाई विद्यालयले बिशेष महत्वका साथ संचालन गर्दै आएको र यो वर्ष पनि निरन्तरता दिइएकाे बताउनु भयो । उहाँले खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने र सफलता हासिल गर्ने बताउनु भयो ।
खेलकुद सप्ताह अन्तर्गत फुटबल,क्रिकेट,ज्याब्लिङ थ्रो,सट पुट म्याथ रेस लगायतका एथ्लेटिकस् खेलहरु खेलिने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक संदीप खनालले जानकारी दिनु भयो । खेलकुद सप्ताह एक हप्तासम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । यो विद्यालय लमही नगरपालिकामा उत्कृष्ट नतिजाका रूपमा चिनिने गर्दछ ।
त्यस्तै अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक सन्दिप खनालकाे स्वागत मन्तव्यबाट सुरु भएको खेलकुद सप्ताह कार्यक्रममा विद्यालयका प्रिन्सिपल भुमाण्डप केसीकाे अध्यक्षता रहेको थियाे भने कार्यक्रमकाे सहजिकरण विद्यालयका शिक्षक हेमन्त भुषालले गर्नु भएकोे थियाे ।
