
Ssbus
ssbus
Pbu
Ssbus
Sssbus1
tssbus
Gsl
Sssbus1
Ssbus
nsm

nsb
Asm
Wsp
Rgu
Ksm
Sls
Ggd
Rgs
Hal
Tsm
Sbs
Rsb
Vor
Rgu
Bbbpu
Bbu
Gst
Pvg
Ssm

Pls
sab
bbt
Syp
Rmb
Jmb
Bml
Rpp
Abd
Ptm
Mks
Gsb
Jmb
दाङ । गुरुकुल एकेडेमी घोराहीले नवौं बार्षिक उत्सव मनाएको छ । घोराही १५ रतनपुरमा रहेको बिद्यालयले ९ औं बार्षिक उत्सव शनिबार एक भब्य समारोहका बिच मनाएको हो ।
बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो बार्षिक उत्सव मनाएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा घोराही उपमहानगरपालीका सामाजिक विकास महाशाखा अधिकृत नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बिद्यालयले पछिल्लो चरणमा सफलता प्राप्त गर्दै गएको भन्दै बिद्यालयको प्रशंसा गर्नुभयो । निजि बिद्यालयमा देशमै सफल मध्येको एक र दाङकै पहिलो नमूना बिद्यालयको रुपमा स्थापित हुन सफल हुनु घोराहीबासीका लागि गौरवको कुरा रहेको बताउनुभयो । उहाँले बिद्यार्थीलाई बिभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै बिद्यालयले आउदा दिनमा अझ नमूना बन्नुपर्ने बताउनुभयो । त्यसका लागि सबै पक्षको साथ र सहयोग उत्तिकै आबश्यक रहेको उहाँको भनाई छ । बिद्यालयले प्रदान गर्दै आएको अतिरीक्त कृयाकलापले गर्दा बिद्याथिहरुले बिभिन्न नँया तथा प्रयोगात्मक शिक्षा हासिल गरेकोमा पौडेलले बिद्यालय प्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा बिद्यालयका संस्थापक निर्देशक अरुण रौनियार,गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी,लमहीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिना एप्पल मन्टेस्वरीकि प्रधानाध्यापक शर्मिला हमाल पुर्व विद्यार्थि नवीन डाँगी,अन्तराष्ट्रिय शिक्षक माइकल,विद्यार्थि सान्भि डाँगी,सुवोध पान्डे,सर्वश्री केसी,प्रणव श्रेष्ठ विभुती बुढाथोकी रोशन पौडेल र आर्यन घर्ती संगै अभिभावक लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयले छोटो समयमै शिक्षा क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै यसलाई बचाई राख्न आग्रह गरेका थिए । विद्यालयले संस्कार र संस्कृति सहितको गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिन ध्यानदिनुपर्ने बताएका थिए । साथै विद्यालयको प्रशंसा व्यक्त गर्दै आगामी दिनमा विद्यालय प्राप्त गरेको सफलतालाई बचाई राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न पौराणिक नृत्य तथा गित,नाटक,परेटलगायत विभिन्न कला प्रस्तुत गरेका थिए । बिद्यालयले उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । सम्मानित हुने शिक्षकहरुमा बिद्यालयका पुर्व सहायक प्रधानाध्यापक तथा हाल गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी,प्रावी शिक्षीका मियोना घर्ती,विज्ञान विषय संयोजक भुवन आचार्य,प्लस टु विज्ञान संयोजक अजय शाह , ब्यबस्थापन संयोजक डम्बर रावत,यसै गरी कर्मचारीहरु देविराम राउत,शान्ता बस्नेत,लक्ष्मण ढकाल अन्तराष्ट्रिय शिक्षक माइकल,सोधपुछ कक्षकी अस्मिता सुनार,चालक अरुण चौधरी र भान्सा तर्फ झेमा खत्रि रहनुभएको छ ।
यसैगरी २०७९ को एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थिहरुलाई समेत सम्मान गरीएको थियो । बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकको सहजिकरण बिद्यालयका प्लस टु संयोजक निमानन्द गैरे तथा बिद्यार्थिहरु श्रीज्वल पोडेल र प्रशंसा शर्माले गरेका थिए । साथै संचालक गैरेले गुरुकुल एकेडेमी लमही र तुलसिपुरका नव नियुक्त शिक्षक तथा घोराहीका शिक्षकहरुलाई अभिभावक माझ परीचय गराउनुभएको थियो ।
त्यस्तै ९ औं बार्षिक उत्सव कार्यक्रमको संयोजकमा नेपाली बिषयका विभागिय प्रमुख विबेक देवकोटा रहनुभएको थियो । बि.स २०७२ सालमा स्थापना भएको बिद्यालयले अन्य बिषय सहित बिभिन्न प्राबिधिक धारको पढाईलाई जोड दिदै आएको छ । ९ औं बार्षिक उत्सव मनाइरहदा बिद्यालयले आगामी बर्षमा अन्य संकायका पढाईहरु पनि संचालन गर्ने तयारी गरेको छ भने आगामि शैक्षिक सत्र २०८१ बाट गुरुकुल एकेडेमीले लमही र तुलसिपुरमा पनि विद्यालय संचालनमा ल्याउन लागेको छ ।
