
Csbus
bdsbn
Pbu
dsbus
Bksbus5
Bbs
Syees
Amb
Rbs
syysr
Ratbs
Skbss
Ddhbs
Bsbus
Jas
Jsbus
Bbs
Jsbus
Nssbus7
Ssbus

Gst
Sbs
Sls
Vor
nsb
Tsm
Pvg
Bbu
Ksm
Hal
Rgs
Rgu
Wsp
Rgu
Rsb
Ggd
Bbbpu
Ssm
Asm

sab
Rmb
Mks
Pls
Abd
Jmb
Bml
Syp
Rpp
Ptm
bbt
Gsb
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ रङसिङ्गमा स्थित जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ३९ औं वार्षिक उत्सव तथा अभिभावक भेला मंगलवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब बहादुर कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
विद्यालयको ३९औं वार्षिक उत्सव तथा अभिभावक भेलालाई उद्घाटन पछी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले अभिभावक र विद्यार्थीको चाहना अनुकुलको जीवन उपयोगी शिक्षा प्रदान गर्दै सीप र दक्षतासंग जोड्दै अघि बढ्न पर्ने बताउनुभयो। विद्यार्थीहरुलाई स्थानीय संस्कृति, रहनसहनबारे जानकारी दिन शिक्षकहरुले चिन्तन गर्नुपर्ने आवश्यकता औंल्याउदै गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो। घोकन्ते पद्धतिभन्दा शिक्षामा गुणस्तर सुधार गर्नु पहिले जस्तै पठनपाठनले मात्र गुणस्तर सुधार नहुने भन्दै पठनपाठनको पद्धति समेत बदल्न जरुरी रहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो।
त्यस्तै उहाँले सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउन सबै जिम्मेवार हुनु पर्ने बताउनु भयो । शिक्षामा गुणस्तर सुधारका लागि शिक्षक र विद्यार्थी मात्र नभई सबैको साथ सहयोग र समन्वयले मात्र सम्भव हुने बताउदै गढवा गाउँपालिकाले राज्य पुनर्संरचनापछी शैक्षिक क्षेत्रलाई पहिलो प्रथामिक्तामा राखी सर्वाङ्गीण विकासमा जोडदार शैक्षिक विकासमा ध्यान केन्द्रित गरेको बताउनु भयो। सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउन सबै जिम्मेवार हुनु पर्ने बताउनुभयो। शिक्षामा गुणस्तर सुधारका लागि शिक्षक र विद्यार्थी मात्र नभई सबैको साथ सहयोग र समन्वयले मात्र सम्भव हुने बताउदै गढवा गाउँपालिकाले राज्य पुनर्संरचनापछी शैक्षिक क्षेत्रलाई पहिलो प्रथामिक्तामा राखी सर्वाङ्गीण विकासमा जोडदार शैक्षिक विकासमा ध्यान केन्द्रित गरेको बताउनु भयो ।
वार्षिक उत्सवको अवसरमा शैक्षिक सत्र २०७९ मा कक्षा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो। त्यसैगरी सोही अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर दर्लामी, उत्कृष्ट शिक्षककोरुपमा प्रधुमन चौधरीलाई सम्मान पत्र विद्यालयको शैक्षिक गुणस्तरका लागि योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।
वार्षिक साधारण सभा तथा अभिभावक भेलामा १ नम्बर वडा सदस्य दिलबसी बिक, जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक बासुदेव वेल्वासे, माध्यमिक विद्यालय पचहियाका शिक्षक योग नारायण चौधरी,समाजसेवी तिलक घिमिरे, शिक्षा प्रेमी तथा पूर्व शिक्षक पदम गिरी, शिक्षक सुनिल पुन, गोबिन्द खत्री, ज्ञान बहादुर दर्लामी लगायतकाको सहभागिता रहेको थियो।
त्यस्तै कार्यक्रममा श्याम बहादुर बिक, योग नारायण चौधरी, पदम गिरी, एक बहादुर कुमाल, सुशिल पुन, बासुदेव वेल्वासे, तिलक घिमिरे लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
त्यसैगरी महालक्ष्मी फर्निचरका संचालक केशव बिश्वकर्माबाट स्टेट व्यवस्थापन र गाउबेशी युवा क्लबबाट ५ हजार बराबरको सहयोग भएको थियो ।विद्यालयका प्रधानाध्यापक ज्ञानहरी रिजालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक खेम बहादुर कुँवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रधुमन चौधरीले गर्नु भएको थियो ।

