
Rgp
Ggp
Sgp
Ggp
Rgp
Rgp
Jns
Asb
Lnp
Rgp
lnp
ksb
Dus
Usb
Lks

lms

दाङ । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयहरु मध्य गोरखा इन्टरनेशनल सेकेन्डरी स्कुल उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको भन्दै सम्मान गरेको छ ।
उपमहानगरपालिकाको ४६ औं स्थापना दिवसको अवसरमा नगर भित्रका संस्थागत विद्यालयहरु मध्य घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थितमा रहेको गोरखा इन्टरनेशनल सेकेन्डरी स्कुललाई स्व- मुल्यांकनका आधारमा उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको भन्दै उपमहानगरपालिकाले सम्मान गरेको हो ।
उक्त सम्मान पत्र विद्यालयका प्रिन्सिपल मान सिंह घर्ती मगरलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल,घोराही उपमहानगरपालिकाका का.बा. नगर प्रमुख हुमा कुमारी डिसी,नगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो ।
