
Gsbus
Jsbus
Ratbs
Ddhbs
Csbus
Bksbus5
Rbs
Gsl
Nssbus7
Pbu
dsbus
gms
Amb
syysr
Syees
Ssbus

Sls
Rgu
Rgs
Rsb
Gst
Wsp
Rgu
Ksm
Hal
Tsm
Ggd
Vor
Sbs
Ssm
Pvg
Asm
Bbu
nsb
Bbbpu

Pls
Abd
Mks
Jmb
Bml
Syp
Ptm
Gsb
bbt
Rpp
sab
Jmb
Rmb
दाङ । देउखुरीको गढवा स्थित शुभतारा अङ्ग्रेजी माध्यमिक बिद्यालयले सोमवार एक कार्यक्रमको आयोजना गरि माध्यमिक बिद्यालय स्तरीय सप्ताह ब्यापि शुभतार कप फूटवल प्रतियोगिता उद्घाटन गरेको छ ।
बिद्यालयका प्रिन्सीपल बिकास रजौरेको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गोल हानेर तथा ब्यानर पढेर गर्नुभएको हो ।
बिद्यालयले आगामी माघ २५ का दिन हुने बार्षिकोत्सव समारोहको पूर्वसन्ध्यामा पालिका स्तरीय अन्तर माबि स्तरीय साप्ताहिक फूटवल प्रतियोगिताको आयोजना गरेको प्रिन्सीपल रजौरेले जानकारी दिनु भयो । सो कार्यक्रमको उद्घाटन सत्रका गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर,सरस्वती माबि बिद्यानगर गोबरडिहाका खेल शिक्षक बिजय खनाल, राप्ती साउथर्न बोर्डिङ स्कूलका शिक्षक रमेश खड्का लगायतले खेल मानव स्वास्थ्यका लागि उपयोगि भएको बताउनु भएको थियो ।
उद्घाटनको दिन राप्ती साउथर्न र शुभतारा बिच रोचक प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ । कार्यक्रमका बारेमा शुभताराका शिक्षक अशोक रोकायाले प्रकाश पार्नुभएको थियो । बिद्यालयका सहायक प्रिन्सीपल मधुबाबु थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक चेतनाथ पौडेलले गर्नुभएको थियो ।

