शिबराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, माघ १५, २०८०

दाङ । देउखुरीको गढवा स्थित शुभतारा अङ्ग्रेजी माध्यमिक बिद्यालयले सोमवार एक कार्यक्रमको आयोजना गरि माध्यमिक बिद्यालय स्तरीय सप्ताह ब्यापि शुभतार कप फूटवल प्रतियोगिता उद्घाटन गरेको छ ।

बिद्यालयका प्रिन्सीपल बिकास रजौरेको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गोल हानेर तथा ब्यानर पढेर गर्नुभएको हो ।

बिद्यालयले आगामी माघ २५ का दिन हुने बार्षिकोत्सव समारोहको पूर्वसन्ध्यामा पालिका स्तरीय अन्तर माबि स्तरीय साप्ताहिक फूटवल प्रतियोगिताको आयोजना गरेको प्रिन्सीपल रजौरेले जानकारी दिनु भयो । सो कार्यक्रमको उद्घाटन सत्रका गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर,सरस्वती माबि बिद्यानगर गोबरडिहाका खेल शिक्षक बिजय खनाल, राप्ती साउथर्न बोर्डिङ स्कूलका शिक्षक रमेश खड्का लगायतले खेल मानव स्वास्थ्यका लागि उपयोगि भएको बताउनु भएको थियो ।

उद्घाटनको दिन राप्ती साउथर्न र शुभतारा बिच रोचक प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ । कार्यक्रमका बारेमा शुभताराका शिक्षक अशोक रोकायाले प्रकाश पार्नुभएको थियो । बिद्यालयका सहायक प्रिन्सीपल मधुबाबु थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक चेतनाथ पौडेलले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]