
dsbus
Ratbs
Gsbus
Ddhbs
Nssbus7
syysr
Ssbus
Jsbus
gms
Pbu
Bksbus5
Amb
Rbs
Syees
Csbus
Gsl

Asm
Ksm
nsb
Ggd
Sbs
Gst
Bbu
Rsb
Tsm
Ssm
Vor
Rgu
Rgs
Sls
Pvg
Rgu
Wsp
Hal
Bbbpu

Gsb
Ptm
Bml
Rpp
Abd
Jmb
Rmb
Syp
Mks
bbt
Pls
Jmb
sab
दाङ । विद्यालय स्थापनाकालबाटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले ९ औँ वार्षिकोत्सवको अवसरमा साप्ताहिक मिनी ओलम्पिक कार्यक्रमको आयोजना गरेको छ ।
एकेडेमीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कमार पाण्डेको प्रमुख आतिथ्यमा आज आइतबार एक कार्यक्रम गरि साप्ताहिक खेलकुद गतिविधि सहित मिनी ओलम्पिक सुरु गरिएको हो ।
सो अवसरमा, प्रमुख अतिथि पाण्डेले विद्यालय स्तरबाट नियमित शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराउन सकेमा स्वस्थ नागरिक उत्पादन मात्रै नभई व्यवहारिक शिक्षामा पनि योगदान पुग्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयले खेल्दै आएको भुमिकाका कारण थुप्रै दक्ष जनशक्ति उत्पादन हुन सम्भव भएको बताउँदै अध्यक्ष पाण्डेले गुरुकुल एकेडेमीले दाङको शिक्षा क्षेत्रमा पहिचान स्थापित गर्न सफल विद्यालयका रुपमा रहेको विश्वास व्यक्त गर्नुभयो ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा मिनी ओलम्पिक कार्यक्रमले उनीहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि तथा घोराही नगर खेलकुद विकास संयोजक नरेन्द्र पुनले शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराएर उनीहरुको चौतर्फी विकासमा गुरुकुलले गर्दै आएको प्रयास निकै सराहनीय रहेको बताउनुभयो ।
विद्यालय स्थापनाको छोटो समयमा बालबालिका र अभिभावकको मन जित्दै गुणस्तरीय एवम् व्यवहारिक शिक्षामा जोड दिएको एकेडेमीले जिल्ला स्तरमा आफुलाई अब्बल बनाउँदै लगेको हुँदा आगामी दिनमा देशकै प्रतिष्ठित शिक्षालय बनाउन तर्फ विद्यालय प्रशासनलाई सुझाव दिनुभयो । विद्यालय प्रांगणमा आयोजित औपचारिक कार्यक्रम पश्चात् खेल शुरुभएको हो । कार्यक्रममा गुरुकुल एकेडेमीमका अध्यक्ष ई. अनन्त राज घिमिरेले पुर्ण मानवको परीकल्पना सहित विद्यालयल संचालनमा ल्याइएको बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले पनि आफ्नो भनाई राख्नुभएको थियो । विद्यालयका संयोजक महेन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको औपचारिक कार्यक्रमको सहजीकरण कक्षा १२ की छात्रा सजना पौडेल र रोशन पौडेलले गरेका थिए । आगामी १८ गतेसम्म हुने मिनि ओलम्पिकमा चेस, बास्केट बल, भलिबल, टेबल टेनिस, क्रिकेट , गणित दौड ,टेक्वान्डो ,मार्च पास , ब्याडमिन्टन लगायत खेल हुने बास्केटबल प्रशिक्षक तथा कार्यक्रम ब्यबस्थापक भुगोल पुन मगरले जानकारी दिनुभयो । गुरुकुल एकेडेमीले आफ्नो ९ औँ वार्षिकोत्सव माघ २० गते मनाउने तयारी गरेको छ ।
