
Bksbus5
Gsl
Syees
Ssbus
Ddhbs
Rbs
Pbu
Gsbus
Jsbus
Amb
Csbus
Nssbus7
Ratbs
syysr
gms
dsbus

Sbs
Asm
Ksm
Vor
Hal
Gst
Ggd
Pvg
Rgs
Rsb
Bbu
Wsp
Rgu
nsb
Ssm
Tsm
Sls
Bbbpu
Rgu

Pls
Mks
Rmb
Bml
Rpp
Gsb
bbt
Ptm
sab
Abd
Syp
Jmb
Jmb
दाङ । तुलसीपुर उपमहानगर अन्तर विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी गोरखा माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ ।
गुरुजजुर नमुना मावि तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा सञ्चालित प्रतियोगितामा १८ स्वर्ण, ७ रजत र ६ काश्य पदक हात पार्दै साविक विजेता गोरखा मावि तुलसीपुरले उपाधि जितेको हो । आयोजक गुरुजजुर नमुना मावि रक्षाचौर ८ स्वर्ण, ७ रजत र ७ काश्य पदकका साथ द्वितीय हुँदा ज्ञानज्योति मावि तुलसीपुर ६ स्वर्ण, ८ रजत र ६ कान्य पदकका साथ तृतीय भएको छ ।
त्यस्तै मावि तुलसीपुर सेन्टर ६ स्वर्ण, ७ रजत र ११ काश्य पदकका साथ चौथो भयो भने ग्रेट अरनिको मावि तुलसीपुर ४ स्वर्ण, ५ रजत र ८ काश्य पदकका साथ पाँचौँ स्थान प्राप्त गर्न सफल भएको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिनु भयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडी एथलेटिक्स छात्रा तर्फ गोरखा मावि तुलसीपुरका करुणा रिजाल,छात्र तर्फ गुरुजजुरका विशाल महत ,त्यस्तै कबडी छात्रा तर्फ गुरुजजुर कै दुर्गा नेपाली,छात्रमा मावि काला खोलाका गणेश बिक,भलिबल छात्रा तर्फ ज्ञानज्योति मावि तुलसीपुरका सीता वली,छात्र तर्फ ग्रेट अरनिको माविका गणेश सुनार,तेक्वान्दो छात्रमा लिटिल हेवन मावि तुलसीपुरका विकास केसी, छात्रामा ज्ञानज्योति माविका झरना वली ,कराते छात्र तर्फ गोरखा माविका प्रतीक न्यौपाने र छात्रा तर्फ गोरखा मावि कै मनिषा खड्का घोषित भएका छन् ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका संस्थागत र सामुदायिक गरि ३९ विद्यालयको सहभागिता रहेको थियो ।प्रतियोगितामा मार्सल आर्ट अन्तरगतका कराते, तेक्वान्दो त्यस्तै भलिबल,एथलेटिक्स र कबड्डी गरि पाँच खेलमा सहभागी विद्यालयका छात्र र छात्रा बिच कडा प्रतिस्पर्धा भएको थियो ।
पगुरुजजुर नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणि पोख्रेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्य एवं उपमेयर स्यानी चौधरीको विशिष्ट आतिथ्यमा भएको
कार्यक्रममा प्रमुख अतिथि मेयर टिकाराम खड्का, विशिष्ट अतिथि उपमेयर स्यानी चौधरी, तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चक्रबहादुर भण्डारी,प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा गोरखा मावि तुलसीपुरका प्राचार्य विजयमान जिएम,अमर उरहरी माविका प्रधानाध्यापक पदमबहादुर वलीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
