टेकबहादुर पुन शुक्रबार, कार्तिक २८, २०७७

दाङ । किसानका तत्कालिन र दिर्घकालिन समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै अखिल नेपाल किसान महासंघ (ALFA) दाङले प्रधानमन्त्रि केपि शर्मा ओलीलाई मागपत्र बुझाएको छ ।

राष्ट्रिय जनमोर्चा निकट किसान महासँघ दाङले दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य मार्फत बिहीबार प्रधानमन्त्रीलाई माग पत्र बुझाएको हो ।

बाली लगाउनु भन्दा पहिले किसानलाई मल र बिउको आपुर्ती तुरुन्त ब्यबस्था गर्नुपर्ने,सिँचाई र बिद्युतको लागि अनुदानको ब्यबस्था,धानको समर्थन मूल्य लागू गर्नुपर्ने किसान महासँघको माग छ । त्यस्तै भ्रष्टचार बन्द गर्दै महँगीलाई नियन्त्रण गर्नुपर्ने, कोभिडको उपचार सरकार स्वयमले गर्नुपर्ने,कोभिडका कारण समस्या झेलिरहेका किसानलाई राहत र पुन स्थापनाको ब्यबस्था गर्नुपर्ने,उत्पादित कृषि उपजलाई सरकारले स्वयम् खरिद गर्नुपर्ने,साना किसानको ऋण मिनाह गर्नुपर्ने लगायतका ११ बुँदे महत्वपुर्ण माग सहित माग पत्र बुझाएको छ ।

किसान महासंघले मागपत्र बुझाउने कार्यक्रम बिहीबार देशैभरी आयोजना गरेको थियो । सोही कार्यक्रम अन्तरगत दाङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाईएको हो ।

किसान महासँघ दाङका अध्यक्ष मिनु सुबेदीले माग पत्र बाचन गरि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई बुझाउनु भएको हो । जिल्ला प्रशासन कार्यालय बाहिर बिरोध कार्यक्रम पनि गरिएको थियो ।कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य र किसान महासंघका जिल्ला अध्यक्ष मिनु सुबेदिले बोल्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिब चन्द्रबहादुर केसिले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]