
Nssbus7
Csbus
Amb
Jsbus
Rbs
Ddhbs
syysr
Pbu
Gsbus
Gsl
Ssbus
Bksbus5
Ratbs
gms
dsbus
Syees

Hal
Rgu
Gst
Bbu
Sls
Tsm
Rsb
nsb
Rgs
Pvg
Vor
Ggd
Asm
Ksm
Wsp
Rgu
Sbs
Bbbpu
Ssm

Jmb
Rpp
Syp
sab
Ptm
Abd
Jmb
bbt
Mks
Pls
Rmb
Gsb
Bml
दाङ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले १३ औं वार्षिक उत्सव कार्यक्रम भव्य समारोहका बीचका साथ मंगलबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.यादब प्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि लामिछानेले पछिल्लो समयमा अभिभावकहरु विभिन्न पेशा व्यवसायमा लागेकोले आफ्नो छोराछोरीहरुलाई समय दिन नसकेको बताउनु भयो ।
त्यस्तै उहाँले अभिभावकले छोराछोरीलाई समय दिन नसक्दा विद्यार्थीहरुले राम्रो शिक्षा पाउन नसकिरहेको उहाँको भनाई छ । बालबालिकाहरुको पहिलो शिक्षा घर भएको हुँदा घरबाट नै राम्रो शिक्षाको वातावरण सिर्जजना गर्नुपर्नेमा जोड दिनु भएको छ ।
विद्यार्थीहरुले संस्कार सहितको शिक्षा घरबाट नै प्राप्त गर्ने हुदाँ अभिभावकहरुले संस्कार सहितको शिक्षामा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै शैक्षिक प्रमाणपत्र मात्रै ठुलो नभई अतिरिक्त क्रियाकलाप स्कुलको संस्कार र अभिभावकको सस्कार महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै लामिछानेले गोरखा ग्रुप दाङले गुणस्तरिय शिक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टीकाराम खड्काले गोरखा सेकेन्डरी स्कुलले शिक्षाको माध्यमिकद्वारा उपमहानगरपालिकाको इज्जत बचाइ दिएको बताउनु भयो । विद्यालयलाई शुभकामना दिदै उहाँले परिक्षाको नतिजाबाट र खेलकुदको माध्यमिकद्वारा तुलसीपुरको इज्जत राख्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।
यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले अहिले धेरै युवाहरु प्लस टु पास गरेर वैदेशिक रोजगारीमा जाने लहर लागेको बताउनु भयो । उहाँले यसकारण युवा जनशक्तिलाई नेपालमै रोक्नको लागि राज्यले गम्भिर रुपमा सोच्नुपर्ने बेला आएको बताउनु भयो ।
सरकारले शिक्षामा ठुलो लगानी गरेर दक्ष जनशक्ति उत्पादन गरेपनि विद्यार्थीहरु स्वदेशमा बस्ने मनसायमा नरहेको उहाँको भनाई छ । यसले गर्दा उच्च माविका क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेको बताउनु भयो । यसतर्फ राज्य मात्रै जिम्मेवार नभएर अभिभावक र शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिहरु जिम्मेवार हुनु आवश्यक रहेको बताउनुभयो ।
यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष तथा सेन्टर माद्यामिक विद्यालय प्रधानाध्यापक भागवत भट्राइले शिक्षाले नै समाज परिवतैन गर्ने भएकोले शिक्षा महत्वपूणर् रहेको बताउनुभयो । उहाँले शिक्षा संगसंगै सिपको पनि आवश्यकता भएकोले सिपयुक्त शिक्षा दिनुपर्ने बताउनुभयो । कार्यक्रममा तुलसीपरका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता सहेको थियो ।
गोरखा माद्यामिक विद्यालयका प्रधानाध्यापक बिजयमान जिएमले विद्यालयको प्रतिबेदन प्रस्तुत गर्दै प्रतिवेदन मार्फत हाल विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म २ हजार ८ सय ७७ जना विद्यार्थीले अध्ययन गरिरहेको बताउनु भयो । अहिले विद्यालयमा १ सय २४ जना शिक्षक कर्मचारी रहेको उहाँले जानकारी दिनु भयो ।
गोरखा ग्रुप दाङका एकेडेमी कोडिनेटर दुर्गा बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गोरखा ग्रुपका प्रमुख प्रशासकीय अधिकृत नवल सिंह जिएमले स्थापनाकालदेखि हालसम्मको शैक्षिक अवस्थाबारे जानकारी दिनु भयो । यस्तै ग्रुपले अहिले पढाउने मात्र कार्य नगरी शिक्षण सिकाइ तथा सैधान्तिक ज्ञान र ब्यबहारिक ज्ञान सम्बन्धि क्रियाकलाप गराइरहेको कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा लागूऔषध नियन्त्रण अभियन्ता तथा गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुन मगरले लागुऔषध दुर्वेसनी नियन्त्रण सम्बन्धि जनचेतनामूलक सन्देश दिदै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयले कक्षा ६ देखि १२ सम्ममा प्रथम हुने विद्यार्थीहरुलाई सम्मान गरेको थियो । यस्तै जनचेतनामूलक नाटक,नृत्य र सांगीतिक प्रस्तुतिहरु राखिएको कार्यक्रमको संचालन क्याम्पस प्रमुख पूर्ण बिक्रम डाँगी र शिक्षक नारायण भण्डारीले गर्नुभएको थियो ।

