दाङ । नेपाली काग्रेसले राजपुर गाउपालिका वडा नं. ६ मा वडा कार्यलयको उदघाटन भएकोको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा सभापति अर्जुन भण्डारीको अध्यक्षता तथा कांग्रेसका क्षेत्रीय सदस्य कृष्ण बहादुर बस्नेतको प्रमुख आथित्यतामा वडा कार्यालयको उदघाटन गरिएको हो ।
साथै उक्त कार्यक्रममा नेपाली कांग्रेसको १३ सदस्यीय वडा समिति समेत गठन गरिएको छ । जस अन्तर्गत सभापतिमा अर्जुन भण्डारी,उपसभापति कृष्णबहादुर चौधरी,सचिबमा पार्बती चौधरी रहनु भएको छ । उक्त समितिले वडाका प्रत्येक टोलहरुमा नेपाली कांग्रेसको समिति गठन गर्ने भएको छ ।