Sidha Patra बुधबार, कार्तिक १९, २०७७

दाङ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो ।आज बुधबार बिहान ६:२५ बजे अस्पतालमै उहाँको निधन भएको हो।

उहाँ माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो । श्वासप्रश्वासमा समस्या देखिएपछि,  उहाँलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

सीता २०१८ साउन १३ गते रोल्पा गजुल धौले गाउँमा जन्मेनु भएको थियो । महरासँग उहाँको २०३५ सालमा विवाह भएको हो । उहाँका दुई छोरा र दुई छोरी रहेका छन्।

महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दु:ख दिइएको पारिवारिक स्रोत बताउँछ। २०५४ साउन २९ गते राति रोल्पा मेवाङस्थित घरमै गिरफ्तार गर्न खोज्दा उहाँले सुरक्षाकर्मीको घेरा तोड्नु भएको थियो ।

त्यस दिनदेखि नै उहाँको परिवार नै पूर्णकालीन कार्यकर्ताका रूपमा तत्कालीन माओवादीमा लाग्नु भएको थियो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो।

कात्तिक १४ गते उहाँलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए । उहाँलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]