Sidha Patra शुक्रबार, मंसिर २९, २०८०

दाङ । लुम्बिनी प्रदेश सरकारले बर्दिया जिल्लामा आगलागीमा परेर ज्यान गुमाएको परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।

लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयमा बिहीबार बसेको प्रदेश विपत कोष समितिको बैठकले प्रतिव्यक्ति एक लाखको दरले चार लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सचिव लालबाबु कवारीको अध्यक्षतामा बसेको बैठकले बर्दिया स्थित गुलरिया नगरपालिका वडा नम्बर ४ तुलापुरमा भरतकुमार चन्दको घरमा आगलागी हुँदा भएको क्षतिको आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

यहीँ मंसिर ८ गते भएको आगलागीमा परेर चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । कृपा चन्द, कार्तिक चन्द, राधादेवी बुढा र मानषी बुढाको जलेर मृत्यु भएको विवरण जिल्ला प्रशासन कार्यालय बर्दियाले गृह मन्त्रालयमा पठाएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]