
Rgp1
Sgr
Djs
Lnp
Gfs
pku
Unsku
Pbu
sbs
Rgp
Pes
Srbpu
cjs
Ggp

Tsm
Asm
Wsp
Hal
Bbu
Gst
Ksm
Ggd
Sbs
nsb
Bbbpu
Rgu
Ssm
Rgu
Rsb
Pvg
Vor
Rgs
Sls

Bml
Abd
bbt
Ptm
Rpp
Jmb
sab
Gsb
Syp
Mks
Jmb
Rmb
Pls
पुदिनाका १२ लाभ : मुखको गन्ध हटाउनेदेखि पेट सफा गर्नेसम्म
मोही वा सर्बतमा पुदिनाको दुई-चार पात मिसाइदिनुहोस्, त्यसको सुगन्ध नै फरक हुन्छ । स्वाद त छँदैछ । यसरी पिउँदा पाचन यन्त्र पनि चुस्त हुन्छ ।
पेट ढुस्स भएको बखत पुदिना चपाउनुहोस्, क्षणभरमै राहत मिल्छ । खासमा पाचन शक्ति बढाउने असाध्यै गुणी वनस्पति हो यो । अपच भएमा, सास गन्हाएमा, पेटमा जुका परेमा र श्वासप्रश्वासको समस्या भएमा पुदिना उपयोगी हुन्छ ।
के हो पुदिना ?
पुदिना सुगन्धित र औषधीय गुणले भरिपूर्ण वनस्पति हो । यो बाह्रमासे वनस्पति जापानी मिन्ट, मेन्थोलको प्राथमिक स्रोत हो । पुदिना केही प्रजातिका हुन्छन् । यद्यपि औषधि र खानका लागि मेन्था स्पिक्टा लिन्न प्रजाति प्रयोग गरिन्छ । यस पुदिनालाई पहाडे पुदिना पनि भनिन्छ ।
पुदिनालाई न रोप्न झन्झट छ, न हुर्काउन, न गोडमेल गर्न । अलि मलिलो माटोमा सजिलै फैलिने पुदिनालाई आयुर्वेदमा विशेष मानिन्छ ।
-पुदिनामा कफनाशक गुण हुन्छ ।
-ज्वरो, खोकी, हैजामा उपयोगी मानिन्छ ।
-ग्यास्ट्रिकबाट बच्न वा कतिपय दुखाइ कम गर्न मद्दत गर्छ ।
-अपच हुँदा पनि पुदिना खानु लाभदायक हुन्छ ।
के पाइन्छ पुदिनामा ?
पुदिनामा खास केही पोषक तत्व पाइन्छन् । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटेसियम, आइरन, म्याग्नेसियम, क्याल्सियम, फाइबर पाइन्छ ।
आज विश्वभरका कतिपय उत्पादनमा पुदिनाको उपयोग गरिन्छ । यसलाई मूलतः औषधिमा प्रयोग गरिन्छ । त्यसबाहेक पेय पदार्थ, पान मसलादेखि सौन्दर्य प्रसाधनसम्ममा पुदिनाको प्रयोग गरिन्छ ।
पुदिनाका १२ लाभ
१. खानामा स्वदिष्ट पुदिना एक राम्रो मुख ताजा राख्ने (माउथफ्रेसनर) पनि हो ।
२. पुदिना पाचन क्रियाको लागि सर्वोत्तम विकल्प हो ।
३. गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ ।
४. बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।
५. मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ ।
६. पुदिनाले केही प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।
७. यात्रा गर्दै हुनुहुन्छ र बान्ता हुने समस्या छ भने पुदिना सेवन गर्नुहोस् । यसले बान्ता रोक्छ ।
८. पेटको दुखाइ, अरुचिमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केही नुन हालेर पकाएर खान सकिन्छ ।
९. प्रसवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रसव पीडा कम गर्छ ।
१०. पुदिनालाई पानीमा उमालेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय-समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।
११. पुदिना पिसेर त्यसमा कागतीको रस मिसाउने । उक्त मिश्रणको लेप अनुहारमा लगाएर धुनुपर्छ । केही दिन यो क्रम जारी राखेपछि अनुहारमा बेग्लै चमक आउँछ ।
१२. हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।
(डा. केशरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग)
