Sidha Patra सोमबार, भाद्र १५, २०८३

दाङ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले देउखुरी क्षेत्रको आर्थिक,व्यावसायिक र औद्योगिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार लमहीमा आयोजित देउखुरी उद्योग वाणिज्य संघ लमहीको २३ औँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशनका क्रम सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका चौधरीले स्थानीय तहको आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले लमही नगरपालिकाले सधैं उद्योगी व्यवसायीहरुको हकहित र उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टङ्कसिंह बुढाथोकीले राज्यको अर्थतन्त्र र राजस्व वृद्धिमा निजी क्षेत्रको ठूलो योगदान रहेको चर्चा गरे । उनले उद्योगी व्यवसायीहरुले सुरक्षित रूपमा लगानी गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरे ।

विभिन्न विधामा उद्यमी तथा संस्थाहरु सम्मानित

साधारणसभाको अवसरमा आफ्नो क्षेत्रबाट व्यावसायिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा लमही–५ स्थित ‘सौगात टेलर्स’ की सञ्चालक एवं उत्कृष्ट महिला उद्यमी रामप्यारी चौधरी र ‘सुशान्त कृषि फर्म’ का प्रबन्ध सञ्चालक बसन्तराज शर्मा रहेका छन् ।

त्यसैगरी,शैक्षिक तथा संस्थागत विकासमा पुर्‍याएको विशिष्ट योगदान र क्याम्पसलाई क्यूएए (QAA) मान्यता प्राप्त गर्ने प्रक्रियाको अन्तिम चरणमा पुर्‍याउन सफल भएकोमा देउखुरी बहुमुखी क्याम्पस लमहीका क्याम्पस प्रमुख शिव ओलीलाई पनि विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा देउखुरी क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रमुखहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]