Sidha Patra मंगलबार, मंसिर २६, २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम सहयोग गरेको छ ।

मंगलबार कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा आन्तरिक मामिला मन्त्री शिवराज भट्टले इजरायलमा मारिएका सुदूरपश्चिमका ७ विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।

७ अक्टोबरमा इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । मारिनेमा सुदूरपश्चिम विश्व विद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थीहरु थिए ।

त्यस्तै उनीहरु मध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । आक्रमणमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पीडित परिवारलाई प्रदेश सरकारले राहत स्वरुप उक्त रकम हस्तान्तरण गरेको जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]