
Amb
Ssbus
dsbus
Jsbus
Pbu
Ratbs
Gsbus
gms
Csbus
Rbs
Bksbus5
Ddhbs
Gsl
Nssbus7

Tsm
Vor
Bbbpu
Rsb
Rgu
Wsp
Hal
Pvg
Rgs
nsb
Ksm
Sbs
Asm
Ssm
Bbu
Sls
Gst
Rgu
Ggd

Jmb
Ptm
Gsb
Syp
Rpp
sab
bbt
Mks
Pls
Rmb
Abd
Bml
Jmb
कपिलवस्तु । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९५ औं जन्म जयन्ती नेपाल सहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज मनाइरहेका छन ।
कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा घरमै बसेर पैगम्बर हजरतको जन्म दिन मनाई रहेका छन । कोरोना भाइरसका कारण भिडभाड नगर्न नेपाल सरकारले निर्देशन दिएपछी मुस्लिमहरु घरमै पैगम्बरको जन्म जयान्ती मनाइ रहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताउनु भयो ।
कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगन्ज, बहादुरगन्जमा मुस्लिमहरुले घर तथा मस्दिममा नमाज पढेर मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताउनु भयो । मोहृममद डे को अवसरमा सरकारले सर्वाजानिक विदा दिनुपर्ने मौलाना नेपालीले माग समेत गर्नु भयो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । हजरत ५३ बर्षको उमेरमा मक्का छोडेर मदिना गएका थिए । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।
हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यायालय सरह हुनुपर्ने लगायतका माग राखेका छन । सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने मुसलमान संयुक्त संघर्ष समितिसँग सम्झौता गरेपनि कार्यान्वयन नभएकामा उनीहरुले दुःख व्यक्त समेत गरेका थिए । नेपालको जनगणना २०६८ अनुसार ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन । नेपालमा बसोवासको आधारमा ७७ वटै जिल्लामा मुस्लीम समुदाय रहेका छन ।
