सनिउल्ला धोबी शुक्रबार, कार्तिक १४, २०७७

कपिलवस्तु । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९५ औं जन्म जयन्ती नेपाल सहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज मनाइरहेका छन ।
कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा घरमै बसेर पैगम्बर हजरतको जन्म दिन मनाई रहेका छन । कोरोना भाइरसका कारण भिडभाड नगर्न नेपाल सरकारले निर्देशन दिएपछी मुस्लिमहरु घरमै पैगम्बरको जन्म जयान्ती मनाइ रहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताउनु भयो ।

कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगन्ज, बहादुरगन्जमा मुस्लिमहरुले घर तथा मस्दिममा नमाज पढेर मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताउनु भयो । मोहृममद डे को अवसरमा सरकारले सर्वाजानिक विदा दिनुपर्ने मौलाना नेपालीले माग समेत गर्नु भयो ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । हजरत ५३ बर्षको उमेरमा मक्का छोडेर मदिना गएका थिए । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।

हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यायालय सरह हुनुपर्ने लगायतका माग राखेका छन । सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने मुसलमान संयुक्त संघर्ष समितिसँग सम्झौता गरेपनि कार्यान्वयन नभएकामा उनीहरुले दुःख व्यक्त समेत गरेका थिए । नेपालको जनगणना २०६८ अनुसार ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन । नेपालमा बसोवासको आधारमा ७७ वटै जिल्लामा मुस्लीम समुदाय रहेका छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]