
Ssbus
Bsbus
Ksbus
Bksbus5
Ssbus
Nssbus7
Ksbus
Ksbus
Lsbus
Csbus
Pbu
Gsbus
gms
Jsbus
bpmhl
dsbus
Ssbus
Gsl
Rsbus

Ksm
Sbs
Tsm
Pvg
Hal
Rgu
Ssm
Bbu
Gst
Sls
nsb
Rgu
Asm
Wsp
Bbbpu
Rgs
Ggd
Vor
Rsb

Jmb
Syp
Bml
Pls
Rmb
Mks
Abd
bbt
Rpp
Gsb
sab
Jmb
Ptm
दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नम्बर ५ वडा इकाई समितिको आयोजनामा बुधबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा इकाई स्तरका कार्यकर्ताले उच्च स्तरका नेतालाई नक्कली कार्यकर्ता संग सावधान रहन अनुरोध गरेका छन् ।
वडा इकाई सभापति कान्ताप्रसाद यादवको सभापतित्व एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद याेगेन्द्र चाैधरी,महासमिति सदस्य जानकीलाल बस्नेत,मधु न्यौपाने,प्रदीपराज शर्मा,क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे,जिल्ला सदस्य रामप्रताप यादवको विशेष उपस्थितिमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा वडा इकाई तथा गाउँपालिका इकाई स्तरका नेता तथा कार्यकर्ताले पछिल्लो समय पार्टीको खोल ओढेर क्षेत्रीय,जिल्ला तथा केन्द्रीय स्तरका नेताको नाम बेचेर गलत फाइदा उठाउने नक्कली कार्यकर्ता संग सावधान रहन उच्च स्तरका नेता तथा कार्यकर्तालाइ गम्भीरता पुर्वक ध्यानाकर्षण गराएका हुन् ।
लामो समयदेखि नेपाली काङ्ग्रेस प्रति आफ्नो जीवन समर्पण गरेर एउटा सिपाही भएर निरन्तर लागेका सक्कली कार्यकर्तालाई,भित्र कालो,बाहिर सेतो अनुहारका नक्कली कार्यकर्ताले अनावश्यक सताउने प्रविधि बढी रहेकोले यस मान्नेमा उच्च स्तरका नेता तथा कार्यकर्ताले पहिले इकाई स्तरका प्रमुख कार्यकर्ता संग बुझेर कार्य गरे मात्र पार्टीको जग मजबुत र बलियो हुने बताएका थिए ।
त्यस्तै पार्टी भित्रको आन्तरिक गुड र उपगुड माथिल्लो स्तरबाटै मिलाएर आए तल्लो स्तरको त्यो प्रविधिलाई सहजै रुपमा मिलाउन सकिने बोल्ने बक्ताहरुको भनाइ रहेको थियो ।
राजपुरको जंग्रहवामा भएको कार्यकर्ता भेटघाटमा उच्च स्तरका नेताले इकाई स्तरका नेता कार्यकर्ता भनेको पार्टीको जग भएको हुँदा आफुहरुले आफ्ना कार्यकर्ताको कुरा सुन्न प्रत्येक इकाई स्तरमा हिडेको बताएका थिए ।
पछिल्लो समय वर्तमान सरकारले हरेक कार्यहरु नेपाली जनताको अहितमा हुने गरि कानुनमा भएका निति र नियम बिपरित कार्यहरु गर्दै आएकोले सो कार्य प्रती आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेताहरुको भनाइ रहेको थियो ।
कार्यकर्ता भेटघाटमा खरो स्वरमा प्रस्तुत भएका नेताहरुले वर्तमान समयमा नेकपाका केन्द्रीय नेता र स्थानीय स्तरका नेता कार्यकर्ताले पनि शक्तिको आत्मा सत्यलाई लुकाइ झुठो आरोप लगाउने र अनावश्यक नागरिकलाई दुख दिने प्रविधि भएकोले अब नेपाली काङ्ग्रेस चुप लागेर बस्न नमिल्ने नेताहरुको भनाइ रहेको छ ।
भेटघाट कार्यक्रममा राजपुर गाउँपालिका इकाई सभापति सरत कुमार बि.सी, गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी,नेविसंघका केन्द्रीय उपाध्यक्ष पवन यादव,पुर्व राजपुर इकाई सभापति मनजित खड्का,नेता लालवीर खड्का लगायत इकाई स्तरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।
