
ssbus
Sssbus1
Pbu
tssbus
Ssbus
Ssbus
nsm
Sssbus1
Gsl
Ssbus

Asm
Rsb
Tsm
Sbs
Bbu
Rgu
Sls
Bbbpu
Ksm
Rgs
Ggd
Rgu
nsb
Gst
Hal
Vor
Pvg
Wsp
Ssm

Jmb
Rpp
Bml
bbt
sab
Ptm
Abd
Pls
Jmb
Gsb
Syp
Rmb
Mks
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ ।
गाउँपालिकाले बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका भरिका जनप्रतिनिधि,कर्मचारी र शिक्षक कर्मचारीको सेवा सुविधा र तलब वापतको रकम भुकम्प पीडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
त्यस्तै उहाँले भुकम्प पीडितको राहतका लागि राहत स्वरुप २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बताउनु भयो । सेवा सुविधा र तलब वापत केही दिनको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको अध्यक्ष थापाले जानकारी दिनु भयो ।
यसैगरी जनप्रतिनिधिको १ दिनको सेवा सुविधा र अधिकृत स्तरका कर्मचारीे २ दिनको तलब र सहायक स्तरका कर्मचारी÷शिक्षकको १ दिनको तलब जाजरकोटका भुकम्प पीडितलाई सहयोग गरिएकोे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भयो । उहाँले बिहिबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा भइसकेको जानकारी दिनु भयो ।
यस्तै गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भुकम्प गएको थियो । भुकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांश घर भत्किएका छन् भने जनधनको पनि ठुलो क्षति भएको छ ।
