
Ssbus
Sssbus1
tssbus
ssbus
Pbu
Ssbus
nsm
Gsl
Sssbus1
Ssbus

Bbu
Asm
Wsp
Rgu
nsb
Ssm
Tsm
Vor
Gst
Sls
Hal
Ksm
Sbs
Rsb
Rgs
Rgu
Ggd
Pvg
Bbbpu

Gsb
Ptm
Mks
sab
Syp
Pls
Abd
Rpp
bbt
Jmb
Jmb
Rmb
Bml
दाङ । ईलाका प्रहरी कार्यालय द्वय गढवा र कोइलाबासले २२ सय बढी अवैध कुखुराका चल्लाहरु आइतबार बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा कुखुराको चल्ला ल्याउदै गरेको भन्ने गोप्य सूचनाका आधारमा गढवा गाउँपालिका वडा नम्बर ५ जमुनिबासदेखि लमही नगरपालिका – ६ मध्यनगर बस्ने वर्ष अन्दाजी ३३ का प्रकाश हमालले चलाएको बागमती प्रदेश ०१-०२५ च.३३७ नम्बरको बोलेरो गाडीलाई नियन्त्रणमा ल्याइएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनु भयो ।
भन्सार छलिगरि ल्याइएको एक दिने कुखुराका चल्ला १२ कार्टुनमा राखिएको ८ सय ४० वटा र गाडी सहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र अनुसन्धान पस्च्यात भन्सार कार्यालय कोइलाबासमा बुझाइने प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो ।
त्यस्तै उता ईलाका प्रहरी कार्यालय कोइलाबास नाकाले १३ सय बढी अवैध बेवारिसे कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक कमारो केसी,स.प्र.ना.उ. सन्तोष वीर सिंह र भन्सार कार्यालय कोइलाबासका नासु बसन्त रजौरेको संयुक्त गस्ती टोलिले भारतबाट लुकाइछिपाई भन्सार छलि ल्याइएको १९ कार्टुनमा राखिएको १३ सय ६८ वटा कुखुराका चल्ला नियन्त्रणमा लिएको हो ।
गढवा र कोइलाबास गरि २२०८ वटा चल्लाको नेपाली बजार मुल्य अनुसार प्रत्येक चल्लाको ७० रुपैयाँको दरले १ लाख ५४ हजार ५ सय ६० रुपैयाँको बरामद गरि भन्सार कार्यालय कोइलाबासमा बुझाइएको प्रहरीले जनाएको छ ।

