मेगमन बुढा सोमबार, मंसिर ०४, २०८०

दाङ । ईलाका प्रहरी कार्यालय द्वय गढवा र कोइलाबासले २२ सय बढी अवैध कुखुराका चल्लाहरु आइतबार बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा कुखुराको चल्ला ल्याउदै गरेको भन्ने गोप्य सूचनाका आधारमा गढवा गाउँपालिका वडा नम्बर ५ जमुनिबासदेखि लमही नगरपालिका – ६ मध्यनगर बस्ने वर्ष अन्दाजी ३३ का प्रकाश हमालले चलाएको बागमती प्रदेश ०१-०२५ च.३३७ नम्बरको बोलेरो गाडीलाई नियन्त्रणमा ल्याइएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनु भयो ।

भन्सार छलिगरि ल्याइएको एक दिने कुखुराका चल्ला १२ कार्टुनमा राखिएको ८ सय ४० वटा र गाडी सहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र अनुसन्धान पस्च्यात भन्सार कार्यालय कोइलाबासमा बुझाइने प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो ।

त्यस्तै उता ईलाका प्रहरी कार्यालय कोइलाबास नाकाले १३ सय बढी अवैध बेवारिसे कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक कमारो केसी,स.प्र.ना.उ. सन्तोष वीर सिंह र भन्सार कार्यालय कोइलाबासका नासु बसन्त रजौरेको संयुक्त गस्ती टोलिले भारतबाट लुकाइछिपाई भन्सार छलि ल्याइएको १९ कार्टुनमा राखिएको १३ सय ६८ वटा कुखुराका चल्ला नियन्त्रणमा लिएको हो ।

गढवा र कोइलाबास गरि २२०८ वटा चल्लाको नेपाली बजार मुल्य अनुसार प्रत्येक चल्लाको ७० रुपैयाँको दरले १ लाख ५४ हजार ५ सय ६० रुपैयाँको बरामद गरि भन्सार कार्यालय कोइलाबासमा बुझाइएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]