
tssbus
Sssbus1
Ssbus
Ssbus
ssbus
Ssbus
Sssbus1
nsm
Pbu
Gsl

Vor
Bbbpu
nsb
Ggd
Hal
Gst
Bbu
Tsm
Ksm
Ssm
Rgu
Sls
Rgs
Sbs
Rgu
Asm
Rsb
Pvg
Wsp

Gsb
Jmb
Ptm
Pls
Mks
Bml
Abd
Syp
Rpp
sab
bbt
Rmb
Jmb
दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ मा गएको भुकम्प पिडितहरुलाइ सहयोग प्रदान गर्न देउखुरीको गढवा गाउँपालिकाले राहात संकलनको मोडालिटी तयार गरेको छ ।
गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल(बिस्वास) को अध्यक्षतामा रेडक्रस , स्थानिय राजनितिक दलहरु, उद्योग बाणिज्य संघ , संघ संस्था ,प्रहरी,जनप्रतिनिधि ,पत्रकार, बिषयगत शाखा प्रमुखहरु लगाएतका प्रतिनिधिहरु रहेको गढवा गाउँपालिका स्तरिय बिपद ब्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकले राहात संकलनको योजना बनाएको समितिका संयोजक शर्माले जानकारी दिनु भयो ।
बैठकले भुकम्पमा परि ज्यान गुमाउने नागरिकहरु प्रति हार्दिक स्रद्दान्जली,मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । राहात संकलनको कार्य स्थानिय सरकारको एकद्वार प्रणालिबाट कार्तिक १९ देखि २१ गते बेलुका सम्म नगद वा जिन्सी जम्मा गर्नेगरि इच्छुक ब्यक्तिहरु,पालिका स्तरमा कृयाशिल सरकारी गैर सरकारि संघ संस्था,राजनितिक दल, उद्योग बाणिज्य संघ,उद्योगि ब्यवसायी,सामुदायिक वन,बैंक तथा बित्तीय संस्था,शिक्षक, कर्मचारी , जनप्रतिनिधि,सहकारी संस्था लगाएत सबैलाइ अनुरोध गर्ने निर्णय गरेको छ ।
जसका लागि पायक पर्ने सबै वडा कार्यालय तथा गाउपालिका कार्यलय वा पालिकाको बिपद ब्यवस्थापनको बैंक खाता नम्बर वा क्युआर कोडमा जम्मा गर्न सकिने गरि ब्यवस्थापन गरिने भएको छ । क्युआर कोड वा बैंक खाता नम्बर पालिकाको पेजबाट सार्वजनिक गर्ने निर्णय समेत भएको बताइएको छ ।

