
Srbpu
Unsku
Pbu
Rgp1
Ggp
Rgp
pku
Lnp
Sgr

Ggd
Sbs
Vor
Rgu
Wsp
Rgu
Hal
Ksm
Ssm
Rsb
Sls
Pvg
Rgs
Bbu
Gst
Tsm
nsb
Asm
Bbbpu

sab
Bml
Ptm
Gsb
Pls
Rpp
Syp
bbt
Mks
Jmb
Jmb
Abd
Rmb
दाङ । देउखुरीको गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियाेजना अन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरिय सहकारी गठनका लागि दोस्रो भेला शनिबार गढवामा सम्पन्न भएको छ।
प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो भेलाको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्मा द्वारा उद्घाटन गर्नु भएको हो।
भेलाको उद्घाटन गर्दै मन्त्री शर्माले देशका केही सहकारीहरुले गर्दा सहकारी प्रतिको बिस्वास गुमेको बताउनु भयो। सहकारीहरु रऋण बचतमा लागेकोले केही समसकया देखिएको बताउदै सहकारीहरु उत्पादनमा लाग्नु पर्ने बताउनु भयो । गढवा गाउँपालिकाले सुरु गर्न लागेको उत्पादनमुखी सहकारीले गढवा गाउँपालिका दिदिबहिनीहरुको अनुहारमा चमक ल्याउने र आत्मनिर्भर बन्ने बताउनुभयो।
सामुहिक काम र उत्पादनमा लागे सहकारी कहिल्यै धारासायी नबन्ने बताउनुभयो। उत्पादन मुलक र आयआर्जनका लागि सहकारीलाई ब्यवस्थापन गर्न सके लक्ष्य प्राप्तीमा सहकारीको भुमिका मुल्यवान बन्ने बताउनुभयो। साथै केन्द्र र प्रदेश बाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दै प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको सफल्ताको शुभकामना समेत दिनु भयो ।
त्यसैगरी सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य इन्द्रजित थारुले सहकारी मार्फत गढवा गाउँपालिकाका महिला दिदीबहिनीहरुको आर्थिक अवस्था सुधार आउने बताउनु भयो । गढवा गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराहीको साझेदारीमा सञ्चालन भएको कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजनाले उत्पादन र सशक्तिकरणको पक्षामा ठुलो योगदान पुग्ने बताउनु भयो । बर्तमान समयमा उत्पादनमुखी कार्यक्रम नगरी आत्मनिर्भर बन्न नसकिने बताउदै आर्थिक क्रान्तिका लागि उत्पादनमा बिशेष जोड दिनु पर्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पछिल्लो समयमा युवाहरु प्लायन बढ्दो भएकोले महिलाहरु लाई आत्मनिर्भर बनाई उत्पादन र आर्थिक अवस्था सुधार गर्न यो कार्यक्रम महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । युवा पुस्तालाई देश मै रोजगारीको अवसर सिर्जना गर्न भिटा परियोजनाले ठुलो सहयोग पुग्ने बताउनुभयो । आर्थिक समृद्धीको र सोचको बिकाश गर्ने उद्देश्यले भिटा परियोजना सञ्चालन गरेको बताउनु भयो । सकारात्मक सोचको विकास भए मात्र बिकाश सम्भव हुने बताउदै अध्यक्ष पोख्रेलले पालीका स्तरीय सहकारीमा बिस्वास गरी सबै मुल समूह र उपहार समुहहरुका दिदिबहिनीहरु उत्पादनमुखी जोडदिनु पर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रम बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले महिलाहरुलाई आत्मनिर्भर भई सामुहिक रुपमा उत्पादन बढाई आर्थिक रुपमा मजबीत बनाउनका लागि यो परियोजना सञ्चालन गरेको बताउनु भयो। महिलाहरु इमानदार भएकोले प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको सम्पूर्ण जिम्मेवारी महिला दिदिबहिनीहरुलाई नै दिएको बताउदै यो सहकारी नेपालकै नमुना सहकारी बनाउने गरि काम गर्न सबैलाई अनुरोध गर्नु भयो।
प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो भेलामा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्य, आत्मनिर्भर उद्यमी महिला समूहका अध्यक्ष अमिना राई लगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले,कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरी, ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, कार्यपालिका सदस्यहरु, बिभिन्न वडामा गठित मुल तथा उपहार समुहहरुका सदस्यहरु लगायतकाको उपस्थिति रहेको थियो ।
ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङका मीडिया डकुमेंनटेसन ऑफ़िसर पार्वती बस्नेतले गर्नु भएको थियो ।

