टेकेन्द्र वली/लमही शुक्रबार, बैशाख १८, २०८३

दाङ । देउखुरीको लमहीमा लाटोकोसेरो तथा हुचिल संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित पहिलोपटक उत्सव सुरु भएको छ । समुदायका नागरिक र विद्यार्थीहरुको उत्साहजनक सहभागितासहित सुरु भएको उत्सवले संरक्षणप्रति साझा प्रतिबद्धता जनाएको छ ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरु’ संस्थाको संयुक्त आयोजनामा सुरु भएको १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले गरेका हुन् । उद्घाटन कार्यक्रममा उनले वातावरण र वन जोगाए मात्र लाटोकोसेरो जस्ता चराको संरक्षण सम्भव हुने भन्दै यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए ।त्यस्तै उत्सवमा तीन वटा अस्थायी संग्राहलय मार्फत लाटोकोसेरोसँग सम्बन्धित दृश्य सामग्री, जानकारीमूलक आकृति र यसको महत्व प्रस्तुत गरिएको छ । साथै ४० भन्दा बढी स्टलमार्फत चरा, पुतली र प्रकृति संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सहभागीहरुले हात तथा अनुहारमा लाटोकोसेरो चित्र अंकित गरी उत्सवलाई थप रौनक दिएका छन् ।

लाटोकोसेरोलाई हेलारी चराको रूपमा हेर्ने गलत धारणा हटाउँदै यसको पारिस्थितिक महत्वबारे जानकारी दिइएको छ । किसानको साथीका रूपमा चिनिने यो चराले मुसा नियन्त्रण गरी कृषिमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । एक समूहले एक सिजनमा करिब तीन हजारसम्म मुसा खाने तथ्य प्रस्तुत गरिएको छ ।

कार्यक्रममा चरा अवलोकन,लघु संग्रहालय,रोबोट प्रदर्शनी,स्लाइड तथा भिडियो प्रस्तुति जस्ता गतिविधि समावेश गरिएका छन् । साथै थारु, मगर,गुरुङ र कुमाल समुदायका सांस्कृतिक नृत्य, भजन तथा स्थानीय खेल प्रतियोगिताले उत्सवलाई थप आकर्षक बनाएको छ ।

संरक्षणकर्मीहरुका अनुसार अवैध व्यापार, चोरी सिकार, बासस्थानको अभाव,रासायनिक विषादीको प्रयोग तथा आहाराको कमीका कारण लाटोकोसेरो संकटमा पर्न थालेको छ। ठूला रुखको कटान र परम्परागत घर संरचनाको अभावले यसको बासस्थान र प्रजननमा समेत असर परेको छ ।

प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले लाटोकोसेरोले प्रकृतिको सन्तुलन कायम राख्ने महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । त्यस्तै अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले समुदायस्तरबाट संरक्षणको पहल आवश्यक रहेको उल्लेख गरे ।

नेपालमा लाटोकोसेरो तराईदेखि हिमालसम्म पाइने भए पनि यसको यकिन संख्या छैन । विश्वभर करिब २३० प्रजातिका लाटोकोसेरो पाइन्छन् भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति संकटापन्न अवस्थामा रहेको तथ्यांक छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]