
Srbpu
Rgp1
Unsku
pku
Sgr
Lnp
Rgp
Pbu
Ggp

Rgs
Bbbpu
Ggd
Bbu
Sls
nsb
Rgu
Ssm
Rgu
Ksm
Hal
Vor
Asm
Sbs
Wsp
Tsm
Gst
Rsb
Pvg

Rpp
Jmb
Ptm
bbt
Abd
Syp
Gsb
Rmb
Bml
Pls
sab
Mks
Jmb
दाङ । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने संगठनहरुले शुक्रबार घोराहीमा प्रदर्शन पश्चात ज्ञापनपत्र बुझाएका छन् ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी दाङका अध्यक्ष बसन्त नेपाल, मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी, दलित संगठन दाङका अध्यक्ष शंकर नेपाली, गुठीमोही संगठन जिल्ला दाङका अध्यक्ष प्रभु चौधरीले हस्ताक्षर गरेको ज्ञापनपत्र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले बुझिदिएका छन् ।
श्रमिक दिवसमा सरकारी बिदा भएका कारण जिल्ला प्रशासन कार्यालय दाङमा आफूहरुको माग पुर्याइदिन अनुरोध गर्दै भूमिहिन संगठनले पत्रकार प्रियासनलाई ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा ज्ञापनपत्र बुझ्दै प्रियासनले ज्ञापनपत्रमा रहेको सन्देश सम्बन्धित निकायसम्म पुर्याइदिने प्रतिबद्धता जाहेर गरेका छन् ।
