
Rgp
Pbu
pku
Srbpu
Ggp
Sgr
Unsku
Lnp
Rgp1

Ksm
Gst
Asm
Sbs
Bbu
Bbbpu
Rsb
Sls
Hal
Rgs
Ggd
Tsm
Wsp
Vor
Ssm
Pvg
Rgu
nsb
Rgu

sab
Rmb
Gsb
Abd
Syp
Pls
Ptm
Mks
Jmb
Jmb
Bml
Rpp
bbt
दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजारमा अनुगमन गरेको छ ।
पालिकाले शुक्रबार पालिका भित्रका पसल तथा बजारमा अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तुहरु बरामद गरि नष्ट गरेको हो ।
स्थानीय प्रहरी चौकीसँग समन्वय गरेर बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब २० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष धनपती देबि यादबले जानकारी दिनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको उपाध्यक्ष यादबले बताउनु भयो ।
गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको र बजारका पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत बिष्णु प्रसाद पाण्डेले बताउनु भयो । उहाँका अनुसार म्याद गुज्रिएका सामानमा खाने तेल, प्याकेजिङ मसला ,दालमोट, भुजिया, चिजबल, चियापत्ति लगायत रहेका छन् । म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर नियन्त्रणमा लिएको अखाद्य वस्तु जलाएर नष्ट गरिएको पालिकाको भनाइ छ । अनुगमनका क्रममा धेरै पसलहरु नवीकरण नगरेको,मुल्य सुची,पसलका होडिङबोर्डहरु नराखिएको पाइएपछि तत्काल उक्त कार्य गर्न सुझाव दिइएको छ ।
त्यस्तै अनुगमनमा राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देबि यादब, प्रहरी चौकी चङुवाका इन्चार्ज महाबिर चौधरी,महिला-बालबालिका शाखाका सहायक दुर्गा यादव,पत्रकार ,गाउँपालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो। अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने पालिकाले जनाएको छ । यस्तै अनुगमनका क्रममा पसलेहरुले आफुहरु गाउँपालिका लगायत विभिन्न निकायमा दर्ता गराई वार्षिक रुपमा कर तिर्ने गरेको र गाडी र मोटरसाइकलमा ब्यापार गर्ने ब्यापारीहरुले आफुहरुको ब्यापारमा ठुलो असर गरेको हुँदा तत्काल नियमन गर्न आग्रह गरेका थिए ।
त्यस्तै उक्त गुनासो सुन्दै प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेले अबदेखि कुनैपनि त्यस्ता ब्यापारीहरु आएको खण्डमा पालिकालाई तत्काल जानकारी गराउन आग्रह गर्नु भयो । बाहिरबाट आएर ब्यापार गर्ने चार पाङ्ग्रे गाडीमा ब्यापार गर्ने ब्यापारीलाई १,००० र मोटरसाइकलमा ब्यापार गर्ने ब्यापारीलाई ५०० सय एकपटकमा लाग्ने अधिकृत पाण्डेले जानकारी दिनु भयो ।




