
pku
Srbpu
Rgp1
Unsku
Ggp
Sgr
Pbu
Rgp
Lnp

Ksm
Rgu
Tsm
Vor
Gst
Ssm
Sbs
Ggd
Asm
Wsp
Pvg
Bbu
Rgs
nsb
Sls
Bbbpu
Rsb
Rgu
Hal

Jmb
Mks
bbt
Pls
sab
Rpp
Abd
Jmb
Rmb
Gsb
Bml
Syp
Ptm
दाङ । बसको ठक्करबाट देउखुरीको भालुवाङमा एक युवकको मृत्यु भएको छ । काठमाडौँबाट सुर्खेत तर्फ गईरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी बर्ष २४ का बिजय खनालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
बिहीबार बिहान करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्नेक्रममा बसले खनाललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिनु भयो ।
त्यस्तै ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक खनालको शब पोष्टमार्टमका लागि घोराही पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
