
Lnp
Sgr
pku
Unsku
Pbu
Ggp
Rgp1
Srbpu
Rgp

Sls
Ksm
Gst
Rgs
Tsm
Asm
nsb
Bbbpu
Hal
Sbs
Ssm
Vor
Rsb
Ggd
Rgu
Rgu
Wsp
Pvg
Bbu

Rmb
Mks
Syp
Jmb
Gsb
Rpp
Ptm
Pls
bbt
Jmb
Abd
Bml
sab
दाङ । स्थानीय तह कर्मचारी संघर्ष समिति घोराही उपमहानगरपालिकाद्वारा संघीय निजामती सेवा ऐन स्थानीय तहमा कार्यरत कर्मचारीहरुको तपशिलका मागहरु समावेश गरी तत्काल एन जारी गर्न गरिएकाे दवावमुलुक विरोध कार्यक्रम गरेका छन।
मागहरु:
– संघीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने।
– स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने।
निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारीलाई समेटिनु पर्ने।
– विना सहमति ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमान योग्य चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने।
– समायोजन भई आएका कर्मचारीहरुको ( सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी) उचित व्यवस्था गरिनु पर्ने।
– तिनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको
व्यवस्था गरिनु पर्ने।
– स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नुपर्ने।
– स्थानीय सेवामा कर्मचारीहरुलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनु पर्ने।
– जुन सुकै तहमा वहाल रहेका कर्मचारीहरुलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने।
– स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने
– अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनु पर्ने ।
– साविक स्थानीय कर्मचारीको उचित व्यवस्था गर्नुपर्ने।
