
pku
Sgr
Pbu
Srbpu
Ggp
Unsku
Rgp1
Rgp
Lnp

Wsp
Ggd
Pvg
Ksm
Vor
Bbbpu
Tsm
Rsb
Sbs
Bbu
Rgu
Rgu
Asm
nsb
Ssm
Hal
Gst
Rgs
Sls

sab
Pls
Rpp
Jmb
Abd
bbt
Syp
Mks
Jmb
Ptm
Gsb
Rmb
Bml
दाङ । दशै तिहार र छठ जस्ता चाडपर्वहरु नजिकीदै गर्दा ब्यवसायीहरुबाट हुनसक्ने कालोबजारी र म्याद नाघेका सामानहरु बिक्री हुने सम्भावनालाई नियन्त्रण गर्न सोमवार गढवा गाउँपालिकाले बजार अनुगमन गरेको छ ।
पालिकाको उपभोक्ता हित संरक्षण मञ्चका संयोजक शारदा कुमारी चौधरीको संयोजकत्वमा गढवा बजारका ९ वटा किराना पसल, ४ वटा मासु पसल, २ वटा होटल, एक ब्युटीपार्लर र ३ वटा एग्रोभेटमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा सबै पसलहरुलाई उपभोक्ताहरुले देख्ने स्थानमा मूल्यसुची र बोर्ड टाँस्न,स्थानीय सरकारमा दर्ता तथा नविकरण गर्न, खाद्य–अखाद्य सामाग्रीहरु एउटै सटरमा नराख्न र म्याद गुज्रेका सामानहरु स्टोर गरेर राख्न ब्यवसायीहरुलाई सुझाब दिईएको गाउँपालिकाले जनाएको छ । सो क्रममा ५ वटा किराना पसल र तिनवटा एग्रोभेटबाट म्याद नाघेका खाद्य सामाग्री तथा बिसादी र बिउपल गरी झण्डै ४० हजारको हाराहारीका सामानहरु बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीमा गाउँपालिकाका उपाध्यक्ष सहित वडा नम्बर ६ का प्रतिनीधी, ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख,स्थानीय खाद्य अधिकार सञ्जालका प्रमुख,गढवा उद्योग बाणिज्य संघ,स्थानीय पत्रकारहरु तथा गाउँपालिकाका कर्मचारीहरु रहनु भएको थियो । गाउँपालिकाले सबै वडाहरुमा पुगी अनुगमन र नियमनको पाटोलाई प्रभावकारीता दिने तथा दर्ता नविकरणलाई जोड्ने बताएको छ ।
बरामद गरिएका सबै समाग्रीहरु अनुगमनमा संलग सबैको रोहवरमा ईलाका प्रहरी कार्यालय गढवाको प्राङगणमा जलाएर नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनलाई क्रमागत ढंगले पालिकाका सबै वडाहरुमा नियमितता दिने र चाडपर्वहरु सकिएपछि पनि समय–समयमा छड्के अनुगमनलाई नियमीतता दिने उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ ।

