
pku
Pes
Pbu
Lnp
Srbpu
Sgr
Djs
sbs
Gfs
Rgp
cjs
Rgp1
Unsku
Ggp

Rgs
Tsm
Hal
Sbs
Rsb
Rgu
Gst
Bbu
Wsp
Asm
Rgu
Ggd
Bbbpu
nsb
Pvg
Sls
Ssm
Vor
Ksm

Abd
sab
Syp
Pls
Ptm
Rmb
Rpp
bbt
Bml
Gsb
Jmb
Jmb
Mks
धनगढी । गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर धनगढीमा एक महिलाको मृत्यु भएको छ ।
धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएको बताए ।
औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको डीएसपी चन्दले बताए ।
त्यस्तै मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबर
