Sidha Patra बुधबार, आश्विन २८, २०७७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ ।

बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिनु भएको छ ।जारी विज्ञप्तिमा इन्डियन बोर्डकास्ट फोरम,डिस्कभरी नेटवर्क, बीबीसी न्युज र नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुबाट विज्ञापनरहित क्लिनफिड प्रसारणको म्याद थप गर्न गरिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै कार्तिक ७ गते भित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिको समेत व्यवस्था भएकोले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिमै क्लिनफिड लागू गर्न अनुरोध गरिएको छ । कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]