
Rbs
Mbdvs
Anm
mbd
Gmk
Pbu
Ksm
Gisld
Sds

Pvg
Asm
nsb
Bbu
Vor
Ggd
Ksm
Sls
Wsp
Bbbpu
Gst
Rsb
Sbs
Tsm
Ssm
Hal
Rgu
Rgs
Rgu

Ptm
Rmb
Rpp
Jmb
Gsb
Mks
Jmb
Bml
Syp
bbt
Abd
sab
Pls
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा एक जना बालकको मुत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको छ ।
मंगलबार बेलुका प्रतिष्ठानमा उपचारका लागि गएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षिय आक्रोश नेपालीको मृत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।
मृतक बालकलाई बिहीबार बिहान भेन्टीलेटरमा राखेर उपचार गर्दै गर्दा मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रवक्ता गौतमले बताउनु भयो । छारे रोग लागेका बालकलाई उपचारका लागि प्रतिष्ठानमा अर्धचेत अवस्थामा ल्याइएको प्रहरीले बताएको छ ।
थप चेकजाँचका लागि उनलाई बुधबार एमआरआई कक्षमा लगिएको थियो । सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगेको प्रहरीको भनाइ छ । त्यसपछि सिकिस्त भएका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहानमात्र भेन्टिलेटरमा बालकको मृत्यु भएपछि चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए ।
त्यस्तै घटनापछि मृतकका आफन्तले दिउँसो नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका छन् । आफन्तले भने एमआरआई कक्षमा धातुजन्य वस्तु लैजान नमिल्ने भएपनि अक्सिजनको सिलिण्डर एमआरआई कक्षमा लैजानु डाक्टरको लापरवाही भएको बताएका छन् । प्रतिष्ठानले घटनाबारे केही बताएको छैन । यस विषयमा अहिले दुवै पक्षविच वार्ता भैरहेको छ ।
