
Sgr
sbs
Pes
Pbu
Gfs
Rgp1
Ggp
Djs
Unsku
cjs
Srbpu
Rgp
Lnp
pku

Bbu
nsb
Gst
Pvg
Wsp
Sls
Bbbpu
Ksm
Rgu
Rgs
Rgu
Sbs
Vor
Rsb
Asm
Tsm
Hal
Ggd
Ssm

Gsb
sab
Bml
Syp
Pls
Rpp
Ptm
bbt
Abd
Rmb
Jmb
Mks
Jmb
दाङ । नेपाल आयुर्वेद चिकित्सक संघ,लुम्बिनी प्रदेशले २६ औं वार्षिक उत्सव दाङको विजौरीमा सम्पन्न गरेको छ ।
नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर देबराज के.सी.को अध्यक्षता एबम् नेपाल आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष डा. सन्तोष कुमार ठाकुरको प्रमुख आतिथ्य र केन्द्रिय आयुर्वेद विद्यापीठ वेलझुण्डीका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर राम चन्द्र अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले आयुर्वेदका लागि जनशक्ति कम भएकोले यस तर्फ राज्यले ध्यानदिन जरुरीरहेको बताएका थिए । साथै आयुर्वेदिक औषधिको गुणस्तर निर्धारण र परम्परागत चिकित्सकीय ज्ञानको संरक्षण एवं प्रवर्धन गर्न राष्ट्रिय अभिलेखीकरण प्रक्रियाको थालनी गर्नुपर्ने धारणा समेत राखेका थिए । साथै पछिल्लो चरणमा आयुर्वेदिक पद्दतीको माग वढ्दै गएकोले चिकित्सालयको स्तरउन्नतीको लागि पनि माग गरेका थिए । कार्यक्रममा डा.मदन भण्डारी, डा.मदन कुमार विसी, डा.डाक्टर मुरली मनोहर रौनियार लागायतकाले बोलेका थिए ।
उक्त कार्यक्रममा लामो समयदेखि आयूर्वेद क्षेत्रमा क्रियाशिल रहेका डा.मुरली मनोहर रौनियार र लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल साक्षी खबरका सम्पादक राकेश वस्नेतलाई सम्मान गरिएको थियो । डाक्टर चाहना शर्माको स्वागत मन्तव्यवाट सूरु भएको उक्त कार्यक्रमको सहजिकरण केन्द्रिय सदस्य डा.कैलाश न्यौपानेले गरेका थिए ।

