
tssbus
Gsl
ssbus
nsm
Sssbus1
Ssbus
Pbu
Ssbus
Ssbus
Sssbus1

Sbs
Ggd
Sls
Hal
Asm
Rgs
Bbu
Rsb
nsb
Wsp
Bbbpu
Ssm
Vor
Rgu
Ksm
Tsm
Pvg
Gst
Rgu

Jmb
Jmb
Pls
Rmb
Bml
Mks
Gsb
Rpp
sab
bbt
Abd
Ptm
Syp
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले क्यान्सर र मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।
संघका सदस्य राप्ती गाउँपालिका ५ सिसहनियाँमा दूध डेरी व्यवसायी गर्दै आएका क्यान्सर पीडित हुकुम बहादुर सन्यासीलाई उपचार खर्चका लागि नगद १५ हजार र सिसहनियाँमा तरकारी पसल सञ्चालन गर्दै आएका संगिता चाैधरीका श्रीमान मृगौला पीडित मन्टु चाैधरीलाई नगद ६ हजार ८ सय ५ रूपैयाँ गरि कुल २१ हजार ८ सय ५ रूपैयाँ उद्योग वाणिज्य वाणिज्य संघले सहयोग गरेको हो ।
संघले आइतबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि क्यान्सर पीडित हुकुम बहादुर सन्यासीकी छोरी सिमा सन्यासी र मृगौला पीडित मन्टु चाैधरीकी श्रीमती संगिता चाैधरीलाई सो रकम संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी,वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी,सचिव मदन पोख्रेल,सदस्य जीवन अधिकारी,रामलाल पाण्डे, बसन्ता जिसीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
उद्योग वाणिज्य संघका पदाधिकारी,सदस्य तथा व्यापारीहरूले आफ्नो खाजा खर्च कटाएर बिरामीको उपचारमा थप सहयोग पुगोस भन्ने हिसावले सो रकम सहयोग गरेका हुन् । संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम बोल्दै अध्यक्ष बुढाथोकीले संघका पदाधिकारी तथा सदस्यहरू बाट थोरै थोरै रकम संकलन गरि उपचार सहयोग पुगोस् भन्नका लागि सो रकम सहयोग गरेको बताएका थिए । भने सहयोग रकम उपलब्ध गराएकोमा उद्योग वाणिज्य संघ परिवारलाई क्यान्सर पीडितकी छोरी सिमा सन्यासी र मृगौला पीडितका श्रीमती संगिता चाैधरीले धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।
सहयोग रकम दिनेहरूको नामावली
१) अध्यक्ष- पुर्णबहादुर बुढाथोकी रू २०००/-
२) पुर्व वडा अध्यक्ष-गाेवर्धन रावत रू १६००/-
३) व्यापारी- भुवन रावत रू १५००/-
४) व्यापारी- निमु रावत रू १५००/-
५) सदस्य- मोहन विष्ट रू १३००/-
६) उपाध्यक्ष- भागवत ज्ञवाली रू १०००/-
७) कोषाध्यक्ष- भिमबहादुर चाैधरी रू १०००/-
८) सदस्य- निमराज चाैधरी रू १०००/-
९) सदस्य- जीवन अधिकारी रू १०००/-
१०) सदस्य- प्रशान्त बसेल रू १०००/-
११) सदस्य- गोविन्द बहादुर कुवर क्षेत्री रू १०००/-
१२) सदस्य- गिरबहादुर ज्ञवाली रू १०००/-
१३) उद्योग उपाध्यक्ष- युवराज सिंह रू ५०५/-
१४) निवर्तमान अध्यक्ष- शान्तराज भण्डारी रू ५००/-
१५) वरिष्ठ उपाध्यक्ष- ईश्वरीप्रसाद अधिकारी रू ५००/-
१६) सचिव- मदन पोख्रेल रू ५००/-
१७) सदस्य- रामबहादुर चाैधरी रू ५००/-
१८) सदस्य- बसन्ता जिसी रू ५००/-
१९) सदस्य- मनिराम बेल्वासे रू ५००/-
२०) सदस्य- रामलाल पाण्डे रू ५००/-
२१) सल्लाहकार- भरतप्रसाद पाण्डे रू ५००/-
२२) सल्लाहकार- हिमबहादुर रोकाय क्षेत्री रू ५००/-
२३) सल्लाहकार- रमेश गाैतम रू ५००/-
२४) सल्लाहकार- तीर्थराज ज्ञवाली रू ५००/-
२५) स्वास्थ्यकर्मी- निमबहादुर राउत रू ५००/-
२६) व्यापारी- ठगेन्द्र परियार रू ४००/-
