
Ssbus
Pbu
Sssbus1
ssbus
nsm
Gsl
Ssbus
Sssbus1
Ssbus
tssbus

Tsm
Ssm
Sls
Rgs
Rgu
Pvg
Bbu
Wsp
Hal
Ggd
Gst
Sbs
nsb
Rgu
Ksm
Vor
Bbbpu
Rsb
Asm

Jmb
Rmb
Bml
Ptm
Pls
bbt
Abd
Gsb
Rpp
Jmb
Syp
sab
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम गाउँसभाको १३ औं अधिवेशन मार्फत आईतबार सभामा प्रस्तुत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको आर्थिक बिधेयक र बजेट तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको हो ।
यसैगरी गढवा गाउँपालिकाले १३ औं गाउँसभाको अधिवेशन मार्फत बिभिन्न कानून तथा बिधेयकहरु छलफलकालागि प्रस्ताव गरिएको गाउँपालिकाका बिधेयक समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो । संयोजक थापाले बिनीयोजन बिधेयक, शिक्षा सम्बन्धि बिधेयक,बरगर प्रणाली ब्यवस्थापन बिधेयक र नगर प्रहरी ब्यवस्थापन गर्न बनेको बिधेयक अध्ययन तथा छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको छ ।
गढवा गाउँपालिकाले संघ तथा प्रदेश सरकारबाट बिनियोजित शसर्त अनुदान, बिशेष अनुदान र समपुरक अनुदान गरि कुल ६३ करोड १४ लाख ५७ हजार १ सय ७२ को प्रस्तावित बजेट सभामा पेश गरेको छ । जस अन्र्तगत शिक्षा,युवा तथा खेलकुद तर्पm ८२ लाख, गाउँपालिकाको प्रशासनिक तथा चालु खर्च तर्फ १३ करोड ५९ लाख ९७ हजार, कृषि तर्फ बिशेष योजनाका साथ १ करोड ५३ लाख, स्वास्थ्य तर्फ ९३ लाख, महिला,वालवालीका,जेष्ठ नागरिक र अपांगता भएका नागरिक तर्फ बिविध कार्यक्रम सहित ५३ लाख ९५ हजार, वन वातावरण, फोहरमैला ब्यवस्थापन र पर्यटन प्रबर्धन तर्फ ३० लाख, न्याय सम्पादन तर्फ ७ लाख, पञ्जीकरण तर्फ ३ लाख, पशु बिकास तथा मत्स्य प्रबर्धन तर्फ ५२ लाख २० हजार र सहकारी ब्यवस्थापन तर्फ १० लाख बजेट सभामा बिनियोजनका लागि प्रस्ताव गरिएको छ ।
त्यस्तै आर्युवेद औषधालय ब्यवस्थापन गर्न १५ लाख, बिपद ब्यवस्थापनमा १ करोड, गाउँपालिका स्तरका साना बिकास योजना तथा कार्यक्रमकालागि ७६ लाख ६५ हजार, गौरबका योजनाहरु सञ्चालन गर्न १ करोड ५० लाख, समपुरक कोष अन्तर्गत कार्यक्रम सञ्चालन गर्न ३ करोड ४२ लाख १५ हजार, वडागत प्रोत्साहन तर्फ आठवटै वडाको ९८ लाख र वडागत बिकास बजेट आठवटै वडाहरुको समग्रमा कुल ५ करोड ५९ लाख रकम बिनियोजनका लागि सभामा प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै सभामा प्रस्तुत गरिएका बिधेयकहरु र बजेट तथा नीनि कार्यक्रमहरु बारे मंगलबारदेखि दफावार छलफलका साथ पारित गर्दै जाने कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले जानकारी दिनुभयो ।


