
Ggp
Rgp1
Srbpu
Unsku
Sgr
Rgp
pku
Pbu
Lnp

Rgu
Hal
Rsb
Sbs
Gst
Tsm
Ssm
Pvg
nsb
Ggd
Asm
Bbbpu
Vor
Ksm
Rgu
Sls
Rgs
Wsp
Bbu

Rmb
bbt
Bml
Mks
Rpp
Gsb
Jmb
Ptm
Jmb
Pls
Abd
Syp
sab
दाङ । तुलसीपुरमा शाखा कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिले तालाबन्दी गरेको छ ।
आइतबार नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङले तुलसीपुरको तल्लो फिल्म हल नजिक रहेको उक्त लघुवित्तमाथी महिलाहरूलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गरेकाले तालाबन्दी गरिएको जनाएको छ ।
त्यस्तै युवा संगठन नेपाल पश्चिम दाङद्वारा लघुवित्त वित्तीय संस्थालाई कारवाही किन भनी जारी गरिएको पत्रमा बिशेष गरेर ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गर्ने गरेकाले,बिविध कारणले ॠण लिएका महिलाहरुले ॠण चुक्ता गर्न नसकेमा उक्त समुहमा रहेका अन्य महिलाहरुले उसको ॠण चुक्ता गरिदिनुपर्ने उनिहरुको मासिक बचत समेत फिर्ता नदिने गरेकाले,ॠण चुक्ता गर्न नसकेका महिलाहरुलाई तनाव दिदै विभिन्न गालीगलौज गर्ने,अपशब्द प्रयोग गर्ने,उनिहरुको घरमा ताला लगाउने घरबारबिहिन बनाउने,डीप्रेसनदेखि आत्महत्यासम्म गर्न बाध्य बनाउने गरेकाले र सेवा शुल्क अधिकतम असुल गर्ने तथा अत्याधिक ब्याज असुल गर्ने गरेकाले लघुवित्त संस्थामाथी तालाबन्दी गर्नुपरेको संगठनले जारी गरेको पत्रमार्फत स्पष्ट पारेको छ ।
यस्तै संगठनले ग्रामीण लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गर्नुकासाथै संस्थाको बोर्ड समेत फोडेको छ । तालाबन्दी गर्ने कार्यक्रममा युवा संगठन नेपालका नेता-कार्यकर्ता तथा आम पीडित महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।
