
Ssbus
Sssbus1
Ssbus
tssbus
Sssbus1
Ssbus
Pbu
ssbus
Gsl
nsm

Rgs
Sbs
Rgu
Hal
Bbu
Ggd
nsb
Gst
Ksm
Rgu
Rsb
Vor
Wsp
Asm
Bbbpu
Ssm
Tsm
Sls
Pvg

Jmb
Jmb
Abd
Rpp
Gsb
Rmb
Mks
Pls
sab
Syp
bbt
Bml
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि प्रस्तुत बजेट तथा कार्यक्रम शनिबार सर्वसम्मत पारित भएको छ।
शुक्रबार दाेस्राे गाउँसभाकाे तेस्रो अधिवेशनमा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले प्रस्तुत गरेको उक्त बजेट तथा कार्यक्रम शनिबार बसेको सभाले बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हाे।
शुक्रबार प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम छलफल तथा अध्ययनको लागि सभाका सदस्यहरुले एक दिनकाे समय मागे पछि सभा शनिबारका लागि बाेलाइएकाे थियो ।
“समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी” भन्ने मुल नाराका साथ पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै आगामी आर्थिक वर्षका लागि ६५ करोड ७६ लाख बजेट बिनियोजन गरेकाे छ । जस अन्तर्गत चालु तर्फ ३१ करोड ५८ लाख र पुँजीगत ३३ करोड २६ लाख बजेट विनियोजन भएको पालिकाका प्रबक्ता पहलवान चाैधरीले जानकारी दिए ।
आगामी आर्थिक बर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ २२ करोड १७ लाख ५० हजार, स्वास्थ्य तर्फ ९ करोड ४१ लाख, कृषि र पशु तर्फ २ करोड ९९ लाख बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै पूर्वाधार तर्फ ११ करोड २ लाख, उद्यम तथा रोजगार तर्फ २ करोड, वन वातावरण र विपत्त तर्फ २ करोड, खानेपानी सरसफाई, फोहरमैला व्यवस्थापन ३० लाख, कला संस्कृति पर्यटन तर्फ ३३ लाख, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता ४५ लाख र सञ्चार तर्फ ३ लाख ५० हजार बजेट विनियोजन गरिएको पालिकाका प्रबक्ता चाैधरीले जानकारी दिए ।
यसै बिच शनिबार बसेको गाउँसभाले सभाका सदस्य गेमे खड्काले प्रस्तुत गरेको आर्थिक विधेयक २०८० र पहलवान चाैधरीले प्रस्तुत गरेको विनियोजन विधेयक दुई तिहाई बहुमतले पारित गरेकाे छ।
गाउँ सभाकाे आर्को बैठक पुन आगामी असार २७ गते दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको छ।
